हेम्जाकोटमा ल्होसार मेला

आदर्श समाज सम्वाददाता
पौष ९, २०७६
Hemjakot 2

पोखरा, ९ पुस । कास्कीको पर्यटकीय गाउँ हेम्जाकोटमा ल्होसार मेला हुने भएको छ । जय बराह युवा क्लबले महोत्सब गर्न लागेको हो ।

पुस २०–२५ गते सम्म माछापुच्छ्रे गाउँ पालिका–६ धिताल स्थित हेम्जाकोटमा मेला आयोजना गरिने बताइएको छ । गुरुङहरुको महान पर्व ल्होसारको अवसरमा वर्षेनी गरिदै आएको मेलालाई यो वर्ष पनि निरन्तरता दिन लागिएको क्लबका सल्लाहकार अनिल गुरुङले बताए ।

क्लबले २०४६ सालदेखि मेला आयोजना गर्दै आएको छ । मेलामा वडास्तरीय पुरुष भलिवल, खुल्ला एकल नृत्य, छेलो र रसी तान्ने प्रतियोगिता गरिने मेला संयोजक सुन्दर गुरुङले जानकारी दिए ।
लोक संस्कृति बचाउने उद्देश्यले आयोजना गरिएको मेलामा लोक संस्कृति प्रदर्शन गरिनुका साथै ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति रहने उनले बताइएको छ । मेलाले होमस्टेलाई पनि प्रवद्र्धनमा सहयोग पु¥याउने अपेक्षा गरिएको होमस्टेका अध्यक्ष ईश्वर गुरुङले बताए । कास्कीको रमणीय गाउँ हेम्जाकोटबाट अन्नपूर्ण, माछापुच्छ्रे लगायत हिमालहरु नजिकैबाट हेर्न सकिन्छ । मेलामा बराह मन्दिर, हेम्जाकोटडाडाँ साथै गुरुङ समुदायको अवलोकन गर्न सकिन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै