दुई छोरीकी आमा सरिताको सधँैझैं दिनचर्या शुरु भयो। दिनको स्वागत गर्दै सूर्योदय किरणसँगै उठिन्। आफू उठेको केहीबेरपछि ६ वर्षीया जेठी छोरी समृद्धिलाई उठाइन्। स्कूल जानका लागि आवश्यक तयार हुन भनिन्। आफूले चियापानी र खाना बनाइवरि छोरीहरुलाई पनि खुवाइन्।
स्कूल समय शुरु हुने भएपछि समृद्धिको कपाल बाटिदिइन्। स्कूल ड्रेस लगाइदिइन्। मात्र १८ महिनाकी नावालिका कान्छी छोरी डेराकोठामा बस्ने छिमेकीको जिम्मा लगाएर समृद्धिलाई डोर्याउँदै चोक पुगेर बस कुरिन्।
पोखरा १७, बिरौटास्थित बालोदय बोर्डिङ स्कूलको बस सधैँको बिहानीझैं मंगलबार पनि रामन्दिर नजिकै चोकमा समयमै आइपुग्यो।
करिब पौने १० बजेको हुँदो हो, कक्षा १ पढ्ने छोरीलाई स्कूलको ग १ क २४९९ नम्बरको बसमा चढाइन्। आफू पनि केही परसम्म पुगिन्। आमा ओर्लिन् बेला, छोरीले ‘मम्मी बाई–बाई’ भनिन्।
सरिताले ‘बाई’ फर्काउँदै ओर्लिन्। तर बिडम्बना उनी बसबाट ओर्लिनन्मात्र। बाई गरेको क्षणभरमै सधैँका लागि धर्तीबाट अलप भइन्।
घटना के भयो भने, पर्वत कुष्मा १३ घर भइ हाल पोखरा १७ बिरौटामा डेरा गरी बस्ने २६ वर्षीया सरिता पौडेल (सुवेदी) को बालोदयको स्कूल बस ठक्करले इहलीला समाप्त हुन पुग्यो। पीडितका आफन्त अरुण सुवेदीले प्रत्यक्षीदर्शीको भनाइ उद्घृत गर्दै बसबाट ओर्लिने क्रममा पछाडिको चक्काले किचेर घाइते बनाएकोमा सरितालाई उपचारार्थ फेवा सिटी अस्पतालमा लगियो। त्यहाँबाट गण्डकी अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) रेफर भयो। घटना थाहा पाएपछि गण्डकी अस्पताल पुग्दा उनको मृत्यु भैसकेको दुःखद खबर सुन्नुपर्यो।
सरिता ४ वर्षदेखि पोखरामा छन्। उनका श्रीमान् टेकनारायण सुवेदी वैदेशिक रोजगारीका लागि दुवइमा छन् । आफन्त अरुणका अनुसार टेकनारायण वैदेशिक रोजगारमा जाने–आउने गरिरहन्छन्। श्रीमतीको मृत्युको खबरपछि उनी नेपाल फर्किदै छन्। सरिताको माइतीघर भने स्याङ्जा वाङसिङ हो।
यता, बालोलय स्कूलका संस्थापक दुर्गा पंगेनीले पीडित परिवारको लागि विद्यालयले के गर्ने भन्नेबारे छलफलपछि निर्णय हुने बताउँछन्।
सोच्दै नसोचेको कारुणिक घटनाले परिवारमा बिच्चली निम्तिएको छ। घटनापछि पीडित पक्ष, स्कूल प्रशासन, प्रहरी प्रशासनबीच वडा प्रहरी कार्यालय बैदाममा मंगलबार रातिसम्म चलेको वार्ता बिनानिष्कर्ष टुंगिएको जनाइएको छ। पीडित पक्षले २ छोरीहरुको भविष्य अन्धबार बनेकोले शिक्षादीक्षा तथा जीवनयापनको लागि विद्यालय प्रशासनले जिम्मा लिनुपर्ने माग राखेका छन्।
यता, बसचालक धरानका रविन पौडेल प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
Related News
सम्बन्धित समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
hero news full width
मुख्य समाचार
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१