वासिङ्टन, ८ पुस । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अफगानिस्तानमा एकजना अमेरिकी सैनिक मारिएको समाचारको पुष्टि गरेको छ । अफगानिस्तानमा रहेको अमेरिकी सैनिक समूहका एकजना सदस्यको ज्यान गएको समाचार सोमबार आएको थियो । उनको आइतबार मृत्यु भएको बताइएको थियो ।
ती सैनिकको कर्तव्य निर्वाहका क्रममा आइतबार निधन भएको पेन्टागनले सोमबार पुष्टि गरेको वासिङ्टन डिसीबाट प्राप्त भएको समाचारमा जनाइएको छ । सोमबार अफगानिस्तानको एक समाचार संस्था ‘टोलो न्युज’ले अफगानिस्तानमा अमेरिकी सेना मारिएको समाचार सम्प्रेषण गरेको थियो ।
पेन्टागनद्वारा जारी विज्ञप्तिमा जनाइएअनुसार आइतबार अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा जारी कारबाहीका क्रममा ती सैनिक घाइते भएका र पछि उपचारको क्रममा सोमबार उनको ज्यान गएको बताइएको छ ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको नीतिमा कर्तव्य पालनाको शिलशिलामा मृत्यु भएका कुनै पनि देशका सदस्यहरुको नाम २४ घण्टासम्म सार्वजनिक नगरिने भएकाले मारिने ती अमेरिकी सेनाको नाम पनि सार्वजनिक गरिएको छैन । कुन्दुजमा अमेरिकी सैनिकको के कसरी मृत्यु भएको हो भन्ने बारेमा अनुसन्धान जारी रहेको पनि पेन्टागनले जनाएको छ । उता तालिबानका प्रवक्ताले भने आफूहरुको कारबाहीका क्रममा अमेरिकी सैनिक मारिएको बताएका छन् ।
तीन हप्ता मात्र पहिले अफगानिस्तानको लोगार प्रान्तमा दुई अमेरिकी सैनिकको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको थियो । यस वर्ष अफगानिस्तानमा कर्तव्य निर्वाहका क्रममा मृत्यु भएका अमेरिकी सैनिकहरूको सङ्ख्या २० पुगेको छ । अफगानिस्तानमा अहिले करिब १४ हजार अमेरिकी सैनिक छन् ।
नेटो सैन्यअन्तर्गत हाल अफगानिस्तामा रहेका सेनाले अफगान सेना तथा यहाँको समग्र सुरक्षा बललाई तालिम दिने, सल्लाह दिने र सहयोग गर्ने काम गर्छ । सन् २००१ मा अफगानिस्तानबाट तालिबानहरुको शासन हटाएपछि अमेरिकाले यहाँको सुरक्षा व्यवस्थाको नेतृत्व गर्दै आएको छ । अमेरिकाले यहाँ आतंकवाद विरोधी अभियान सञ्चालन गर्दै आएको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
hero news full width
मुख्य समाचार
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१