म्याग्दीको दुर्गम गाउँमा सञ्चालित बृहत् स्वास्थ्य शिविरबाट एक हजार बढीले सेवा लिएका छन् ।
लायन्स क्लब अफ बेनी पिस सिटीको आयोजना तथा बेनी अस्पताल र गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा पश्चिम म्याग्दीको धवलागिरि गाउपालिका–७ ताकममा सम्पन्न बृहत निःशूल्क स्वास्थ्य शिविरबाट एक हजार दुई सय जना भन्दा बढी लाभान्वित भएका छन् ।
ओमकुमारी शान्तिकोष सहआयोजक भएको शिविरको धौलागिरि जन युवा क्लब ताकम र स्थानीय आमा समुहले व्यवस्थापन गरेका थिए । भौगोलिक विकटता र आर्थिक अभावका कारण सहर बजारका स्वास्थ्य संस्थामा पुगेर सेवा लिन नसकेका नागरिकहरुको सुविधाका लागि शिविर आयोजना गरेको क्लबले जनाएको छ ।
‘दुर्गम ग्रामिण भेग र आर्थिक अभावका कारण अस्पताल जान नसकेका बिरामीलाई लक्षित गरी निःशुल्क बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको हेा, ’ क्लबका अध्यक्ष नरेश श्रेष्ठले भने । ‘बृहत स्वास्थ्य शिविरमा सहयोग गर्नहुने सबैप्रति धन्यवाद व्यक्त गर्दछु ।’
दुई दिनसम्म सञ्चालन भएको स्वास्थ्य शिविरमा नाककान घाटीका २१०, हाडजोर्नी २७०, छाला तथा यौन रोगका १५०, पेट, छाती र मुटु रोगी ३००, दन्त सम्बन्धी २५० र २५० जनाले स्त्रीरोग सम्बन्धी सेवा लिएका शिविरका संयोजक सन्दीप खत्रीले बताए ।
२०० जनाको भिडियो एक्सरे गरिएको थियो । ताकम, मुना, लुलाङ, गुर्जा र मुदीबाट सर्वसाधारणहरु स्वास्थ्य सेवा लिन शिविरमा आएका थिए ।
स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क रुपमा औषधिसमेत वितरण गरिएको शिविरका संयोजक खत्रीले जानकारी दिए । स्त्रीरोग विशेषज्ञ डा. सविता थापा, मेडिसिन तीर्थलाल उपाध्याय, हाडजोर्नी डाक्टर कृष्णबहादुर विष्ट, रोडियोलोजी डा. नवराज पौडेल, बालरोग डा. रासनी बास्ताकोटी, छाला तथा यौनरोग डा. सौरभ अर्याल, नाककान, घाटी डा. पुशेव्र शाह, र दन्तरोग टिकाराम गुरुङ सहित २३ जनाको टोलीले सेवा दिएका थिए ।
पैसाको अभावमा रोग पालेर बसेका दुर्गमका सर्वसाधारणहरुलाई शिविरबाट ठूलो राहत महशुस गर्ने गाउँपालिका अध्यक्ष थमसरा पुनले बताइन् । सरकारले गर्नुपर्ने काम लायन्स क्लबले चन्दा सहयोग जुटाएर दुर्गम भेगमा शिविर सञ्चालन गर्नु आफैमा नमुना कार्य भएको उनले भनिन् ।
क्लबका संस्थापक तथा ओमकुमारी शान्तिकोषका अध्यक्ष राजेश शाक्यले दुर्गमका सर्वसाधारणहरुलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याउन व्यक्तिगत खर्चमा चन्दा सहयोग जुटाएर शिविर सञ्चालन गरेको बताए ।
शिविरबाट गरिब र विपन्नहरुले फाइदा पुगेको बताए । गण्डकी मेडिकल कलेजका प्रिन्सिपल डाक्टर रवीन्द्र श्रेष्ठले सर्वसाधारणहरुलाई शिविरबाट फाइदा लिन अनुरोध गर्दै धौलागिरि गाउँपालिकाका सर्वसाधारणहरु मेडिकल कलेज पोखरामा उपचार गर्न आएमा १० प्रतिशत छुट दिने प्रतिबद्धता व्यक्त गरे ।
Related News
सम्बन्धित समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
१०२ वर्षमा आँखाको ज्योति फर्किएपछि…
सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
नवीन माविका विद्यार्थीलाई मानव अधिकारबारे प्रशिक्षण
hero news full width
मुख्य समाचार
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१