पोखरा, १ पुस । मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं २ बिजयी प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले पद तथा गोपनियताको शपथ लिएकी छन् ।
उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेले मंगलवार संसद सचिवालयमा एक कार्यक्रमकाबीच भट्टराईलाई शपथ गराएकी हुन् । नेपालको संसदीय इतिहासमा उपसभामुखबाट शपथ गराइएको यो पहिलो पटक भएको बताइएको छ ।
नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेकपाका प्रमुख सचेतक देव गुरुङ समेत सपथग्रहण कार्यक्रममा उपस्थित थिए । सांसद भट्टराईले संविधानले निदृष्ट गरेअनुसार संसदमा आफ्नो भूमिका रहने भन्दै तीन वर्षमा नीति निर्माण र विकास निर्माणका काम पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।
तीन वर्षे अवधिमा विकास निर्माणमा अपूर्ण रहेका कामहरु पूरा गर्ने प्रतिवद्धता उनले व्यक्त गरेकी छन् । यी काम तीन वर्षमा पूरा गर्ने प्रतिवद्धता जनतामाझ गरेको छु, भट्टराईले भनिन् । भट्टराई नेकपाको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन् । स्वर्गीय रवीन्द्र अधिकारीको स्थानमा उनकै पत्नीलाई नेकपाले उम्मेदवार बनाएको थियो ।
Related News
सम्बन्धित समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
hero news full width
मुख्य समाचार
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१