इलाम, १ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) इलामका विभिन्न नगर तथा गाउँपालिकाका इञ्चार्ज र सहइञ्चार्ज चयन गरिएको छ । नेकपा इलामको सचिवालय बैठकको निर्णयबाट सर्वसम्मतबाट इञ्चार्ज र सहइञ्चार्ज चयन गरिएको हो ।
नेकपाको इलाम नगरपालिकाका इञ्चार्जमा भक्त केसी र सहइञ्चार्जमा कृष्ण श्रेष्ठ र जीवन शर्मा ढुङ्गाना, सूर्योेदय नगरपालिकाका इन्चार्जमा तेजबहादुर राई, सहइन्चार्ज आरबी राई र नरेश तामाङ चयन भएका छन् । यस्तै, देउमाई नगरपालिकाका इञ्चार्जमा शान्ता बस्नेत, सहइन्चार्ज सूर्य पोखरेल र गोविन्द न्यौपाने, माई नगरपालिकाका इञ्चार्जमा महेश बस्नेत, सहइन्चार्जमा बुद्धि खनाल र दीपक सिन्चुरी रहेको नेकपाले जनाएको छ ।
यसैगरी गाउँपालिकामध्ये चुलाचुली गाउँपालिकाका इन्चार्जमा ओमनारायण खनाल, सहइन्चार्ज विन्दु विश्वकर्मा र न्युसन राई, माङ्सेबुङ गाउँपालिकाका इन्चार्जमा किरणकुमार राई, सहइन्चार्जमा तारा पौडेल रहेका थिए ।
फाकफोकथुम गाउँपालिकाका इन्चार्जमा राजकुमार थापा, सहइन्चार्जमा छत्र सुब्बा, सन्दकपुर गाउँपालिकाका इञ्चार्जमा उमेश गुरुङ, सहइन्चार्जमा याम राई र भोजप्रसाद खतिवडा चयन गरिएको नेकपाका कार्यालय सचिव नवराज शङ्करले जानकारी दिए ।माईजोगमाई गाउँपालिकाकाा इन्चार्जमा कुवीरमान राई, सहइन्चार्जमा जीतबहादुर राई र दाताराम सञ्जेल, रोङ गाउँपालिकाका इन्चार्जमा चित्रकला बराइली, सहइन्चार्जमा देवकुमार राई र विष्णुमाया खवास चयन भएका छन् ।
Related News
सम्बन्धित समाचार
तमु धिंको ४० औं स्थापना दिवसमा गण्डकीका मन्त्रीहरुको सम्मान
एमालेलाई एकल बहुमत सहितको राष्ट्रिय पार्टी बन्न कसैले रोक्न सक्दैन : अधिकारी
सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट खारेज
नेकपा (एमाले) तनहुँको अध्यक्षमा कँडेल विजयी
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
hero news full width
मुख्य समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१