गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले गण्डकी प्रदेश खेलकुद विकासमा सधैँ पहिलो हुने बताएका छन्।
१३ औं दक्षिण एसियाली खेलकुल (साग) भव्य र सफलतापूर्वक सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सो उद्घोष गरेका हुन्।
उनले भने, ‘जसरी विकासका लागि गण्डकी प्रदेश सरकार पहिलो भएको छ त्यसरी नै सागमा प्रदेशतर्फबाट पदक जित्ने खेलाडीलाई सम्मान गर्ने कुरामा मात्रै नभई खेलकुद विकासमा पहिलो नै हुनेछ। ’
पदक विजेता खेलाडीलाई प्रदेश सरकारतर्फबाट बधाई दिँदै मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले भब्य कार्यक्रमबीच सबै खेलाडीलाई नगद सहित सम्मान गर्ने उद्घोष गरे।
साग खेल नेपालमा आयोजना हुने भनिए तयारीमा निकै ढिलाइ र तालमेलको अभाव रहेको बताउँदै गुरुङले भने–‘घरमा आगो लागेपछि इनार खने’ जस्तै गरी सागको तयारी शुरु गरिएकोप्रति कटाक्ष गरे। उनले निकै आनाकानीबीच भब्य रुपमा सम्पन्न भएकोमा प्रदेश सरकार खुसी रहेको बताउँदै अब पोखरामा हुने नवौ राष्ट्रिय खेलकुदमा जुट्न सबैलाई आग्रह गरे।
नवौं राष्ट्रिय खेलकुद सम्पन्न गर्न प्रदेश सरकारले तयारी थाल्ने बताउँदै गुरुङले भने–‘के कस्तो पूर्वाधारहरु तयार गर्नुपर्ने र कति खर्च गर्नुपर्ने हो? संघीय सरकारले त्यस्को जानकारी समयमा दिओस्। त्यसका लागि महानगर र प्रदेश सरका तयार छ। ’
उनले नवौं राष्ट्रिय खेलकुदमा गण्डकीलाई पहिलो स्थान बनाउन सबै खेलाडी र प्रशिक्षकलाई तयारी थाल्न आग्रह समेत गरे। उनले सागलाई भब्यरुपमा सम्पन्न गर्न सहयोग गर्ने विभिन्न खेलकुदका संस्थालाई सम्मानपत्र प्रदान गरे।
राष्ट्रिय खेलकुद परिषद् सदस्य राजेश गुरुङले कठिन परिस्थितिमा साग सम्पन्न गर्न भूमिका खेल्ने सबैलाई धन्यवाद व्यक्त गरे।
Related News
सम्बन्धित समाचार
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
मानव सेवा अश्रममा खाना खुवाइयो
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१