पोखरा–८, न्यूरोडस्थित लालीगुराँस टोल विकास संस्थाको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभामा बगरस्थित भीमकाली पाटनको संस्कृत माविमा अध्ययनरत् विद्यार्थीका लागि संस्थाको नाममा १५ हजार १ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ।
प्रमुख अतिथि विश्व हिन्दू महासंघ नेपाल कास्कीका अध्यक्ष पार्वती पौडेलले धर्म र संस्कृतिको संरक्षणमा जोड दिइन्। पौडेलले विकट ठाउँबाट आएर संस्कृत विषयमा अध्ययनरत् विद्यार्थीका लागि अक्षयकोष स्थापनाले सहयोग पुर्याउने उल्लेख गरिन्।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष ईन्द्रा कार्की, निवर्तमान अध्यक्ष मेनुका बराल, कार्यसमिति सदस्य ईना कार्की, आदर्श समाज राष्ट्रिय दैनिकका व्यवस्थापक दुर्गादेवी बास्तोला, संस्कृत माविका प्रधानाध्यापक गोविन्द सिग्देल लगायतले बोलेका थिए।
संस्था अध्यक्ष मानकुमारी बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मंगली बास्तोलाले कार्यक्रममाथि प्रकाश पारेकी थिइन्।
संस्कृत माविका सह–प्राध्यापक श्रीकृष्ण सिग्देलले स्वागत र सचिव सरस्वती गिरीले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१