कन्या क्याम्पसको २८ औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
मंसिर २४, २०७६
Kanya campus_Fotor

कन्या क्याम्पस पोखराले २८ औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ।

प्रमुख अतिथि गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले प्राविधिक शिक्षा अहिलेको आवश्यकता भएको बताए। उनले कन्याहरुलाई मर्यादित शैक्षिक वातावरणमा उच्च शिक्षा हासिल गराउन क्याम्पसले महत्वपूर्ण भूमिका खेल्न सकेको बताए।

क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पस प्रमुख सुरेशकुमार मानन्धरले क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्यायोजन प्रमाणपत्र प्राप्तिका लागि अन्तिम चरणमा पुगेको जानकारी दिए।

क्याम्पस संचालन समिति अध्यक्ष योगेन्द्र प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा कालिका बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ज्योतिबाबु पौडेल, कन्या क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख मेजरमान बज्राचार्य, प्राध्यापक संघका उपसभापति डा भूमिराज बस्ताकोटी, छात्रा कल्याण समितिका संयोजक ममता शाह, समाजसेवी भूपालजङ् कुँवर लगायतले बोलेका थिए।

वार्षिकोत्सव अवसरमा सप्ताहव्यापी खेलकुद कार्यक्रम पनि गरिएको सहायक क्याम्पस प्रमुख चित्रबहादुर श्रेष्ठले जानकारी दिए।

कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुति राखेका थिए। मर्यादित शैक्षिक वातावरणमा कन्यालाई उच्च शिक्षा भन्ने नाराका साथ २०४८ सालमा क्याम्पस स्थापना भएको थियो। क्याम्पसमा बीबीएस, एमबीबीएस, बीए, बीएड पढाइ हुने गर्दछ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width