अभ्यास खेलमा माल्दिभ्समाथि नेपालको लगातार तेस्रो जित

आदर्श समाज सम्वाददाता
मंसिर १५, २०७६
One Day Cricket Nepali Team

दक्षिण एसियाली खेलकुद साग अन्तर्गत माल्दिभ्स विरुद्धको अभ्यास खेलमा नेपाल ‘ए’ टिमले लगातार तेस्रो जित निकालेको छ। शनिबार भएको खेलमा नेपालले माल्दिभ्सको टिमलाई ८ विकेटले हरायो।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको माल्दिभ्सले निधारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १३ रन बनायो। उसका कुनैपनि खेलाडीले राम्रो साझेदारी गर्न सकेनन्। उसका लागि एहमद हसनले सर्वाधिक १९ रन बनाए। मोहम्मद रिजवानले १२ रन बनाए भने हसन इब्राहिमले अविजित १७ रन बनाए।

माल्दिभ्सलाई कम स्कोरमा रोक्न तिलक राजभण्डारीले ३ विकेट लिए। बिक्रम सोबले २ तथा राहुलप्रताप सिंह, शेर मल्ल र आकास चन्दले समान एक/एक विकेट हात पारे।

जवाफमा नेपाल ‘ए’ टिमले १३ ओभर पाँच बलमा दुई विकेट गुमाउँदै लक्ष्य भटाएको थियो। नेपालका लागि रित गौतमले २४ रन बनाए। विशालविक्रम केसीले खाता खोल्नै सकेनन्।

लगातार दुई विकेट गुमाएको नेपालका लागि सुवास खकुरेल र सुनील धमलाले अर्धसतकीय साझेदारी गर्दै टिमलाई जित दिलाए। जसमा धमलाले ४१ रन बनाए भने खकुरेलले ३६ रनको योगदान गरे। यसअघि, नेपालले माल्दिभ्सलाई पहिलो खेलमा ४९ रनले पराजित गरेको थियो। दोस्रो खेलमा नेपालले १ सय ७ रनले पराजित गरेको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width