तीन मतदान स्थल नजकै बम विस्फोट

आदर्श समाज सम्वाददाता
मंसिर १४, २०७६
pp

पोखरा, १४ मंसिर । कास्की निर्वाचन क्षेत्र २ का मतदान स्थलमा शनिबार (आज) विहान ७.०० बजेदेखि नै मतदान शुरु भएको छ । मतदान केन्द्रमा बिहानैदेखि मतदाता लामवद्धभई मतदानमा सहभागी छन् ।

निर्वाचन हुने सबै मतदान स्थल र मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएका भएपनि तीन मतदान स्थल नजिक विहानै बम विस्फोट भएका छन् । विस्फोटबाट मानवीय क्षेति भने भएको छैन । प्रहरीले भने बम विस्फोटका वारेमा केही बोलेको छैन । पोखरा–३३ स्थित सरस्वती टिका मावि नजिकै विहान ७.४५ वजे बम विस्फोट भएको स्थानीयले जनाएका छन् । त्यस्तै पोखराको केन्द्रभागमै रहेको नव प्रभावमावि नजिकै विहान ७.३० बजे बम विस्फोट भएको छ भने पोखरा–१६ स्थित छहरेपानी स्थित शान्तिमाविमा बम विस्फोट भएको छ त्यहाँ पनि मानवीय क्षेति नभएको बताइएको छ ।

धाँधली नहोस भनेर नै निगरानी राख्न राजनीतिक दलका नेता, कार्यकर्ता र पर्यवेक्षक बिहानैदेखि मतदान स्थलमा बाक्लो उपस्थिति देखिन्थ्यो । कास्की निर्वाचन क्षेत्र नं २ का ११ वटा वडामा ३२ मतदानस्थल र ८२ मतदान केन्द्रमा मतदान भएरहेको कास्कीका प्रमुख जिल्ला अधिकरी रमेशकुमार केसीले जानकारी दिएका छन् । कास्की २ को निर्वाचन क्षेत्रका ११ वटै पोखरा महानगरपालिका भित्र नै पर्छन । महानगरको वडा नं २०, २१ र ३३ दुर्गम पर्छ भने वडा नं १६ को पनि केही भाग दुर्गम छ ।

केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत, कर्मचारी र सहयोगी गरी कुल ४ सय १० जना कर्मचारी खरिटएका छन् । प्रत्येक मतदान केन्द्रमा ५ जना कर्मचारीका गरिएको सहायक निर्वाचन अधिकृत रामचन्द्र उपाध्यायले जानकारी दिए । निर्वाचन क्षेत्रको सीमा रेखाभन्दा एक÷दुई किलो मीटरदुरी परबाट सवारी संचालनमा रोक लगाइएको छ ।तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री स्व रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि कास्की २ मा उपचुनाव भएको हो । ११ राजनीतिक दल र १० स्वतन्त्र गरी २१ जना चुनावी प्रर्तिस्पर्धामा छन् । ७१ हजार ८ सय ७१ जनाले यो क्षेत्रमा मतदान गरिरहेका छन् ।

अघिल्लो चुनावभन्दा अहिले १ हजार २ सय २० जना नयाँ मतदाता थपिएका छन् । अघिल्लो चुनावमा ७० हजार ६ सय ५१ मतदातामध्ये प्रत्यक्षतर्फ प्रतिनिधिसभामा ४९ हजार ९ सय १३ मत खसेको थियो । प्रदेशसभा (क) मा २६ हजार ४ सय ३३ र (ख) मा २३ हजार ५ सय २० मत खसेको थियो । प्रत्यक्षमा भन्दा समानुपातिकर्फत ७ मत कम खसेको थियो । समानुपातिक तर्फ ४९ हजार ९ सय ६ मत खसेको थियो भने प्रदेशसभा (क) मा २६ हजार ४ सय ६ र प्रदेशसभा (ख) मा २३ हजार ५ सय मत खसेको थियो ।
कास्की २ मा पोखरा महानगरका ११ वटा वडा पर्दछन् जसअन्तरगत वडा नं ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ नम्बर पर्छन ।

कास्की २ मा आधाभन्दा बढी मतदान स्थल संवेदनशीलको सूचीमा छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रम नजिकै बम विस्फोट भएपछि कास्कीका मतदाताहरुमा केही त्रास बढेको छ । कास्कीका ३२ मध्ये आधाभन्दा बढी मतदानस्थलहरुलाई अति संवेदनशीलको सूचीमा राखेर सुरक्षाकर्मी र कर्मचारीहरु परिचालन गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए । देशभरीमै भइरहेको उपनिर्वाचन मध्ये एक मात्रै प्रतिनिधिसभाको चुनाव भएकोले पनि यहाँ धेरैको ध्यान केन्द्रित छ ।

सबै मतदानस्थल र मतदान केन्द्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन क्षेत्रमा बर्गीकरण गरिएको छ । पोखराको मुख्य शहरी क्षेत्रलाई कम सम्बेदनशील क्षेत्र, शहरोन्मुख ठाउँलाई संवेदनशील र ग्रामीण क्षेत्रका मतदानस्थलहरु अति संवेदनशीलको सूचीमा परेका छन् । सुरक्षा निकायको रिपोर्टिङ, भौगोलिक विकटता, दलहरुबीचको प्रतिष्पर्धा र चुनाव बिरोधी गतिविधि गर्ने समूहको गतिविधिलाई मूल्याङ्कन गरेर एक तिहाई मतदान स्थललाई अति संवेदनशीलको रुपमा पहिचान गरिएको छ । मतदानस्थलको सुरक्षाका लागि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र अन्तिम घेरामा नेपाली सेना तैनाथ भएका छन् । हरेक मतदानस्थलमा १५ देखि २० प्रहरी, २२ जना सशस्त्र र नेपाली सेना खटिएका छन् ।

चुनाव लक्षित सुरक्षामा चुनौति बढ्न सक्ने भन्दै कास्की प्रहरीले शंकास्पद केही ब्यक्तिहरुलाई पक्राउ गरेको छ । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) की केन्द्रीय सदस्य एवम् कास्की जिल्ला कार्यबाहक अध्यक्ष आस्था नेपाली र मेघनाथ आचार्यलाई प्रहरीले पक्राउ गरेको छ । यसअघि प्रदर्शनी केन्द्रमा विस्फोट लगत्तै फिर्केखोला मापदण्ड सरोकार समितिका महासचिव कृष्णप्रसाद घिमिरे ‘टिकाराम’लाई पक्राउ गरेको थियो । पोखराबाटै पक्राउ परेका पत्रकारद्धय राजकुमार घिमिरे र आश तमुलाई प्रहरीले हिरासतमै राखेको छ । घिमिरेलाई प्रहरीमाथि गालिगलौज गरेको आरोप छ । उनीहरुलाई सार्वजनिक मुद्दामा अनुसन्धान भैरहेको बताईएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width