एपीएफ र पुलिस चन्द्रागिरी गोल्डकप फाइनलमा

आदर्श समाज सम्वाददाता
मंसिर १२, २०७६
APF, Chandragiri Gold Cup_Fotor

थ्रीस्टार क्लवलाई हराउँदै नेपाल एपीएफ क्लव चन्द्रागिरी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

नैकापमा बुधबार भएको खेलमा थ्रीस्टारलाई सडेन डेथमा पराजित गर्दै एपीएफले फाइनलमा स्थान बनाएको हो। निर्धारित समय बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो।

जसमा दुबै टिमले बराबरी गोल गरेपछि खेलको छिनोफानो सडेन डेथबाट भएको थियो।

जसमा एपीएफले बाजी मारेको थियो। उपाधिका लागि एपीएफले विभागीय प्रतिद्धन्द्धी नेपाल पुलिस क्लवसँग खेल्नेछ।

यसअघि, पहिलो सेमिफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लब चन्द्रागिरी गोल्डकपको फाइनलमा प्रवेश गरिसकेको छ। पुलिसको जितमा जुमानु राईको एकमात्र गोल निर्णायक बन्यो।

नैकाप फुटबल मैदानमा भएको सेमिफाइनलमा पुलिसले ब्रिगेड ब्वाइज क्लबलाई १–० ले पराजित गरेको हो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ८१ औं मिनेटमा पुलिसले अग्रता बनाएको थियो। उसका लागि जुमानु राईले गोल गरे। भोला सिलवालले प्रहार गरेको फ्रिकिकमा ब्रिगेड ब्याइजका गोलरक्षक र डिफेन्सबीच तालमेल नमिल्दा जुमानुले गोल गर्न सफल भएका थिए। प्रतियोगिताको विजेताले ५ लाख ६० हजार रुपैयाँ पाउनेछ।

Related News

सम्बन्धित समाचार

hero news full width