बाटुलेचौरमा चुनावी सभा

आदर्श समाज सम्वाददाता
मंसिर ९, २०७६
received_1343533262481690

पोखरा, ९ मंसिर । कास्की २ की नेकपाकी उम्मेदवार विद्या भट्टराई अधिकारीले सोमबार लामाचौर बाटुलेचौरमा चुनावी घरदैलो गरेको छ ।

कास्की २ को उपचुनावमा होमिएकी उनले सोमवारे पोखरा–१६को लामाचौर र बाटुलेचौरमा घरदैलो गरिरहेकी छन् । विद्या भोट माग्न घरदैलोमा पुगेकी हुन् ।
कांग्रेससँग विकासको खाका, भिजन र मिसन नै नभएकाले उनीहल्े विकास र समृद्धि दिन नसक्ने बताइन् ।

तल्लो दीपबाट शुरु भएको नेकपा उम्मेदवार विद्याको घरदैलो सुन्दरफिडहुँदै लामाचौर बाटुलेचौर पुग्ने कार्यक्रम रहेको वताइएको छ । घरदैलोका क्रममा विद्याले आफू जितेपछि पनि जनताको घरदैलोमा निरन्तर आउने र जनताको जनजीवीकाको सवालदेखि स्थानीय स्तरमा गर्नुपर्ने विकासका कामलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाइन् । उनले बाटुलेचौरको गन्धर्व बस्तीमा निर्माण भएको कल्चर हेरिटेजको संरक्षणसहित त्यसको सम्बद्र्धन र प्रवद्र्धनका लागि भूमिका खेल्ने बचन दिइन् ।

देउवाले अराजनीतिक भाषण गरेकाले त्यसको काउन्टर स्वरुप चुनावी सभा गर्न लागेको नेकपा श्रोतले जनाएको छ ।चुनावी सभालाई नेकपाका स्थायी समिति सदस्य देव गुरुङसहित नेकपा कास्कीका ईञ्चार्ज राजकाजी गुरुङ, नेकपा कास्कीका अध्यक्ष कृष्ण थापा लगायतले सम्बोधन गर्ने जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width