‘प्रधानमन्त्रीले राजीनामा गर्नुपर्छ’

आदर्श समाज सम्वाददाता
मंसिर ९, २०७६
gagural_Fotor

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले वर्तमान संसदीय व्यवस्था अपराध गनेर्लाई लुकाउने व्यवस्था भएको आरोप लगाएका छन्।

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल ४ नं प्रदेश समितिद्वारा आइतवार पोखरामा आयोजित कालापानी, लिपुलेकलगायतको जमिन फिर्ता गर्नुपर्ने विषयक जनसभा एवं सांस्कृतिक कार्यक्रमको शुभारम्भ गर्दै उनले भने–वर्तमान सरकार निर्माको २१ महिनामा सरकारले ४७ वटा अपराध गरेको छ।

नेपालको ३८५ वर्गकिलोमीटर जमिन भारतले मिच्दा समेत सरकार चुप बस्छ, भारतले कालापानीमा १० हजार फौज ल्याएर राखेको छ तर नेपाल सरकारले ती फौज हटाउन सककेो छैन, उल्टै आइतवार विहान कुनै सूचना बिना नै नेपालको आकाशमा भारतीय जहाज उड्यो तर नेपाल चुप छ, उनले भने–मिचिएको जमिन नेपालकै हो, सरकारले प्रधानमन्त्री स्तरमा नै वार्ता गरी केही दिनमा नै त्यो जनिक फिर्ता गर्नुपर्छ।

भारतीय नक्सामा समावेश गरिएको नेपालको भूमि भारतकै हो भनेर भारतीय मन्त्रीहरुले सार्वजनिक ठाँउमा भनिरहेका छन्, प्रधानमन्त्रीले छिटोभन्दा छिटो आफ्नो भूमि फिर्ता गर्नका लागि पहल गर्नुपर्छ हैन भने यो मुद्दालाई अन्तराष्ट्रिय करण गर्न जरुरी छ, उनले भने–देशलाई बचाउन सक्दैनन् भने केपी ओली प्रधानमन्त्रीको पदमा बस्न मिल्दैन, तुरुन्त राजनीनामा दिनु पर्छ।

राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सबै नेपाली जागरुक हुनै पर्छ, नेपाल र विदेशमा रहेका नेपालीले आफ्नो भूमि फिर्ता गर्न निरन्तर आन्दोलन गर्न जरुरी छ हैन भने कालापानीमा नेपाली युवा गएर आफ्नो भूमि फिर्ता गर्न ज्यान दिन पनि तयार हुनु पर्छ।

Related News

सम्बन्धित समाचार

hero news full width