सत्ताको चास्नी चाखिरहन दिनुहुँदैन : भट्टराई

आदर्श समाज सम्वाददाता
मंसिर ९, २०७६
IMG_2583_Fotor

समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एक पटक गरेको क्रान्तिले वषौर्ंसम्म ब्याज खाने दिन सकिएको बताए। नेकपा सरकारप्रति लक्षित गर्दै उनले समयानुकुल काम नगर्ने पार्टीलाई भोट नदिन आग्रह गरे। ‘एकपटक क्रान्ति गरेको थियो भनेर त्यसको ब्याज जिन्दगीभर खान दियौं भने तिनैले प्रतिक्रान्ति गर्छन्। त्यसैले निरन्तर क्रान्ति गर्नुपर्छ भनेर माओले त्यसै भनेका होईनन्। हिजोका क्रान्तिकारीहरु सत्तामा गएपछि सत्ताको चास्नीमा डुब्न पुग्छन्, ’ उनले भने, ‘हाम्रै साथीहरु अहिले नेकपा बनेपछि संसारभर कम्युनिष्ट शब्दलाई नै बदनाम गनेर्गरी भ्रष्टाचारका शिखर नाघिरहनुभएको छ। हामीले गल्तीवस गत निर्वाचनमा झण्डै दुई तिहाईको मत दियौं तर त्यो भ्रम थियो। उनीहरुले केही गर्न सकेनन्, बुझ्नुपर्छ। ’ सरकारले अर्बौं भ्र्रष्टाचार गर्दा पनि पोखराका सुकुम्बासीको समस्या समाधान गर्न नसकेको भन्दै कटाक्ष गरे। पैसा खर्च गरेर चुनाव जित्ने परिपाटीको अन्त्य हुनुपर्ने उनको भनाइ छ।

‘ठेक्कापट्टा गर्नेहरु, कमिशन खोरहरु र रातारात भ्रष्टाचार गरेर धनी हुनेहरुले मात्रै चुनाव जित्ने जुन अवस्था बन्यो। त्यसको विकल्पमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र सबै जाति क्षेत्र समुदायको समानुपातिक प्रतिनिधित्व हुने संसदले राजनीतिक स्थिरता र दीगो विकासको आधार तयार गर्छ भन्यौं। तर यो संविधानमा समेटिएन, ’ उनले भने, ‘यस्ता त्रुटिहरु संविधानमा भएकै कारण विभिन्न दलमा भएका मान्छेहरुले बाँकी कामलाई पूरा गर्दै शासकीय स्वरुपलाई परिवर्तन गर्ने, पहिचानसहितको संघीयता स्थापित गर्ने र लोकतन्त्रलाई पूर्णता दिन समाजवादी धार अघि सारेका हौं। ’ काँग्रेस र एमालेलाई पटक पटक व्यहोर्दा पनि परिवर्तन नभएका कारण आफूहरु विकल्पमा अघि सरेको उनको तर्क छ।

उनले नेकपा केही ठूलो जस्तो लागेपनि त्यो भ्रम मात्रै भएको टिप्पणी गरे। ‘गत निर्वाचनमा चरम राष्ट्रवादको नारा दिएर केपी ओलीको नेतृत्वमा नेकपा अगाडि आयो। मेरै मित्र प्रचण्ड जनयुद्धसँग थाकेर एमालेको चौतारीमा भारी बिसाउन जानुभो, ’ उनले भने, ‘यसले केही ठूलो शक्ति जस्तो देखिन पुग्यो। जनताले त्यही भएर नेकपा डवललाई मत दिनुभो। तर दुई वर्षसम्म यो सरकारले केही दिन सकेन। त्यसैले अब भ्रममा नपर्नुस्। ’ समाजवादी पार्टीका उम्मेदवारलाई मत माग्न र सभा सम्बोधन गर्न पोखरा आएका भट्टराईले कालापानी क्षेत्रको अतिक्रमण हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक पहल नगरेको आरोप लगाए। ‘अहिले कालापानी र लिपुलेकको विषय उठिरहेको छ। यहाँका शासक बाहिर राष्ट्रियताको डंगा पिट्ने भित्र लत्रक्क परेर सत्ताको डरले लत्रिएर बस्ने? यस्तो खालको नक्कली राष्ट्रवादबाट कहिले मुक्त हुने? ’ उनी भन्छन्, ‘चाहे राजा महेन्द्र हुन, चाहे अहिलेका केपी ओलीसम्म हुन्। त्यत्रो राष्ट्रवादको नारा उठाउने मान्छेले यो विषयमा किन केही गरिरहनु भएको छैन? ’ प्रधानमन्त्रीले भारतमा पठाएको पत्रले मात्रै सीमा समस्या समाधान नहुने भन्दै राजनीतिक पहल गर्नुपर्ने उनको सुझाव छ। उनले प्रधानमन्त्रीको कुटनीतिक पहल नपुगेको आरोप लगाउँदै ‘लाछी बाउ’को संज्ञा दिए।

भट्टराईले पुरानो सोच पालेर नबस्न र मधेस, थारुले पहिचान खोज्दा नआत्तिन खसआर्यलाई आग्रह गरे। ‘अहिलेसम्म देशमा ३८ जना प्रधानमन्त्री भए। म ३५ औं प्रधानमन्त्री भएँ। अहिलेसम्म प्रमुख कार्यकारी पदमा मरिचमान श्रेष्ठबाहेक जनजातिको प्रधानमन्त्री किन बनेन? मधेसको मान्छे किन प्रधानमन्त्री भएको छैन? महिला किन प्रधानमन्त्री भएको छैन? , उनले प्रश्न गरे, ‘एउटा जनजातिको छोरो प्रधानमन्त्री होस्, एउटा दलित प्रधानमन्त्री होस्, एउटा मधेसी प्रधानमन्त्री होस्। म त्यो भएको देख्न चाहन्छु। ’

सरकारबाटै संघर्षः यादव

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीले सरकारबाट सरकारकै खबरदारी गरिरहेको बताए। संविधान संशोधनका लागि निरन्तर संघर्ष गरेको उनको भनाई छ। ‘सदनमा पनि संघर्ष गरिरहेका छौं। सरकारमा पनि संघर्ष चलिरहेको छ। सडक संघर्षलाई मूल संघर्षका रुपमा लिएका छौं, ’ उनले भने, ‘यदि संसदीय संघर्षबाट मुलुकमा परिवर्तन आउँदैन, सुशासन हुँदैन, मुलुकमा शताब्दीयौंदेखि चलिआएको असमानताको अन्त्य हुँदैन भने, आदिवासी, जनजाति, दलितलगायतका विभेदमा परेका समुदाय, विपन्न वर्गले अधिकार पाउँदैन भने सडक संघर्ष पनि बिसेर्का छैनौं। हामी सडकमा झछौर्ं। ’ उनले विभेदको अन्त्यका लागि समाजवादीको पक्षमा मतदान गर्नुपर्ने शर्त राखे। ‘समाजवादी पार्टीले जितेमा जनताको जीत हुन्छ। विभेदकारीहरुलाई थप्पड पनि हुन्छ। दुवै काम गर्छ यो हातले, ’ आफ्नो चुनाव चिन्हप्रति लक्षित गर्दै उनले भने, ‘यो अभियानको प्रारम्भ हुन्छ यहाँबाट। ’

कार्यक्रममा सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, तमु धीं नेपालकी अध्यक्ष कर्म तमु, उम्मेदवार धर्मराज गुरुङ लगायतले बोलेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width