सेवक बन्छु : केसी

आदर्श समाज सम्वाददाता
मंसिर ९, २०७६
FB_IMG_15745978624651195 (1)_Fotor

साझा पार्टीकी उम्मेदवार रजनी केसीले आफू शासक नभइ सेवक बन्ने बताएकी छन्।

आइतबार चुनावी घरदैलोको क्रममा पोखरा १६ मा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले जनताका समस्या समाधान गर्न जनतासँगै हातेमालो गरेर सेवक बन्न चाहेको बताइन्।

शासक बन्न राजनीति नगरेको उनको भनाइ छ।

चुनावमा आश्वासन बाँडेर नभइ अवसर पाए काम गरेर देखाउने उनले बताइन्। ‘हामी आश्वासनको राजनीति गदैर्नौं, अवसर पायौं भने काम गरेर देखाउछौं, ’ उनले भनिन्।

पार्टीका केन्द्रीय सदस्य विकल शेरचनले साझा पार्टी कम्युनिष्ट र काङ्ग्रेसको सही विकल्प भएको बताए। कास्की जिल्ला संयोजक अर्जुनप्रसाद खनालले देशमा योग्य मानिसको कदर हुन नसकेको भन्दै दुःख व्यक्त गरे।

पार्टीले पोखरा १६ इन्जिनियरिङ क्याम्पस गेट, जोगीमणि चोक र दीपमा चुनावी कोणसभा गरेको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width