अफवाह फैलाउनेलाई जनताले ठेगान लगाउँछन- विद्या

आदर्श समाज सम्वाददाता
मंसिर ८, २०७६
received_472342940064911

पोखरा, ८ मंसिर । कास्की २ को उपनिर्वाचनमा नेकपाकी उम्मेदवार विद्या भट्टराई अधिकारीले अफवाह फैलाउनेलाई जनताले ठेगान लगाउने चेतावनी दिएकी छन् ।

चुनावी घरदैलोका क्रममा पोखरा–१६ अर्मलामा आइतबार विहान आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले कांग्रेसले संस्कृति र संस्कारप्रति भ्रम फैलाएकाले जनता जनार्दनले चुनावमार्फत कांग्रेसलाई जवाफ दिने बताएकी हुन् ।

विश्वासले संसार जितिन्छ,‘उनले भनिन्,‘जोसुकैले जस्तोसुकै अपवाह फैलाएपनि जनता जनार्दन हुन्, जनताले न्याय र अन्याय, झूठ र सच्चाई के हो आफै छुट्याउन सक्षम छन्, म प्रति अफवाह फैलाउने कांग्रेसलाई जनताले आफैले जवाफ दिनेछन् ।’ जनतामा फैसला गर्ने सामथ्र्य रहेकाले न्याय दिनेमा आफू ढुक्क रहेको उनको भनाई छ । कांग्रेस भ्रमको खेतीमा लागेको भन्दै उनले आफू त्यस्तो भ्रमको खेतीमा नलाग्ने बताइन् ।

नेकपा उम्मेदवार विद्याले आफू उच्च प्रतिद्धता र योजनाका साथ उम्मेदवार भएकाले आफूलाई जिताउनेमा जनताप्रति उच्च विश्वास रहेको बताइन् । जनताको सेवा गर्न सबैकुरा त्यागेर जनता समक्ष आएको बताउँदै बिजयी भएपछि देश र जनताको सेवामा तल्लीन हुने उनले प्रतिबद्धता जनाइन् ।

उम्मेदवार विद्याले अर्मलादेखि मौजासम्मको बाटो ३ वर्ष भित्रमा कालोपत्रे गरिसक्ने घोषणा गरिन् । अर्मलाकोटलाई प्रमुख पर्यटकीय गन्तव्य बनाइने कार्य अगाडि बढिसकेको भन्दै उनले यही कार्यकालमा यसलाई पूर्णता दिइने बताइन् । अर्मलाको विकासका लागि गुरुयोजना बनाएर काम गर्ने र अर्मलामा रहको होमस्टे, ढिकीडाँडा लगायतको प्रवद्र्धनका लागिपर्ने प्रतिबद्धता जनाइन् ।कार्यक्रममा बोल्दै नेकपा कास्कीका अध्यक्ष कृष्ण थापा, नेकपा नेता तेजबहादुर गुरुङले नेकपाले मात्रै विकास र समृद्धि दिन सक्ने जिकिर गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width