पोखरा, ६ मंसिर । पोखरा महानगरपालिका कार्यालयले फिर्के खोला बन्धक राखेर स्थानीय फिर्के प्रभावित नागरिकहरूसँग गोप्य सहमति गरेको पत्र फेला परेको छ ।
खोलाको बीचभागबाट दायाँवाँया ५/५ मिटर कायम गरिएको फिर्के खोलाको मापदण्ड अहिले उप निर्वाचनको वेला महानगरले घटाएर एक मिटरमा झारेको सहमति पत्र फेला परेको हो ।
सहमति पत्रमा महानगरका मेयर मानवहादुर जिसीको प्रतिनिधिको रुपमा बरिष्ट कानूनी अधिकृत नारायणप्रसाद शर्माले हस्ताक्षर गरेका छन् । त्यसैगरी मध्यस्थकर्ताको रुपमा अधिवक्ता हिमलाल पराजुली, स्थानीय दाजुभाइद्वय कृष्ण पराजुली (ढाकामोहन), राजेश पराजुली र शंकरनाथ कोईरालाले मध्यस्थकर्ताको रुपमा हस्ताक्षर गरेका छन् ।
यसैगरी नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रतिनिधि दामोदर बैरागी, फिर्के संरक्षण तथा मापदण्ड सरोकार तदर्थ समितिका अध्यक्ष नारायण विक्रम शाही, सचिव कृष्णप्रसाद जैसी, कास्की क्षेत्र नं २ का स्वतन्त्र उम्मेदवार सुनीलबहादुर कोइरालाले हस्ताक्षर गरेका छन् ।
देशमा निर्वाचन आचार संहिता लागू भएको अवस्थामा महानगरपालिकाले नेकपालाई निर्वाचनमा सघाउने आश्वासन बाँड्दै फिर्के खोलाको मापदण्ड घटाएको महानगर स्रोतको भनाइ छ । यो निर्वाचनमा मापदण्ड घटाएको भनेर फिर्के वासिन्दासँग पैसा समेत असुल गरेको स्रोतको दावी छ ।
यता यसवारे जानकारी लिन खोज्दा महानगरका मेयर मानबहादुर जिसीले फोन उठाएनन् । मेयर जिसीको प्रतिनिधिको रुपमा हस्ताक्षर गरेका वरिष्ठ कानूनी अधिकृत नारायणप्रसाद शर्माले साँझको बेला सही गरियो, गलत भयो भन्दै माफी मागेका छन् ।
स्वयं कानूनको पाठ सिकाउनेले नै गरेको यो हर्कतले अहिले पोखरेली नागरिकलाई झसंग बनाएको छ । महानगरको वरिष्ठ कानूनी अधिकृत जस्तो व्यक्तिले यसरी जथाभावि हस्ताक्षर गरेर जनतालाई झूठो आश्वासन बाँड्न मतियार बनेको भन्दै महानगरका कर्मचारी र सामाजिक संञ्जालमा समेत चर्को विरोध भएको छ ।
निर्वाचनमा सघाउनको लागि भन्दै स्थानीय नागरिकमा झूठो आश्वासन बाँड्दै जथाभावी सम्झौता गरेको प्रभावित वासिन्दाहरुले बताएका छन् । ‘चुनावको मुखमा जस्तो पनि सम्भौता गर्छन्, चुनाव सकिएपछि फेरि सबै कुरा हराउँछन्’, उनीहरूले भनेका छन् । सो सहमति नेकपालाई भोट दिने शर्तमा गराइएको झूटो आश्वासनको पुलिन्दा भएको फिर्के प्रभावित नागरिकको गुनासो छ ।
Related News
सम्बन्धित समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
बुढ्यौलीमा भेडीगोठ मोह
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१