खुला भलिबल र व्याडमिन्टन

आदर्श समाज सम्वाददाता
कार्तिक २८, २०७६
lamjung_Fotor

मस्र्याङ्दी–३, खुँदीमा सञ्चालित खुला भलिबल प्रतियोगिता र अन्तरगाउँपालिका व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ। हरिबोधननी एकादशी अवसरमा भएको सो प्रतियोगितामा ६ टिमले भाग लिएका थिए।

प्रतियोगितामा मस्र्याङ्दी गाउँपालिका– ७ नयाँगाउँको टिम पहिलो र आयोजक खुदी बजारको टिम दोस्रो भएको थियो। त्यस्तै, उत्कृष्ट खेलाडी सहित लिफ्टर उपाधि आयोजक क्लबका ज्ञानु गुरूङलाई प्रदान गरिएको आयोजक समितिका संयोजक रवि थापाले बताए। उनका अनुसार उत्कृष्ट सटरमा मिलन चन्द ठकुरी, ब्लकरमा धीरज ठकुरी भए। पहिलो हुने टिमलाई ५० हजार, दोस्रोलाई ३० हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो। यसैगरी उत्कृष्ट खेलाडीलाई जनही १/१ हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिएयो।

युगल व्याडमिन्टन प्रतियोगितामा १३ टिमले भाग लिएका थिए। जसमा आयोजक टिमका अमृत तामाङ र कमरास तामाङ पहिलो, मस्र्याङ्दी गाउँपालिका– ६ बाहुनडाँडाका रविन्द्र घिमिरे र गज गुरुङ दोस्रो भए।

विजयी खेलाडीलाई गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, वडानं– ३ का अध्यक्ष प्रेम बस्नेत र अमर माविका प्रधानाध्यापक तीर्थ बस्नेतले संयुक्त रूपमा पुरस्कार र प्रमाणपत्र वितरण गरे।

Related News

सम्बन्धित समाचार

hero news full width