ह्याण्डबल टोलीलाई खेल पोशाक

आदर्श समाज सम्वाददाता
कार्तिक २८, २०७६
handball_Fotor

१३ औं दक्षिण एसियाली खेलकुद (साग) तयारीमा रहेको नेपालको राष्ट्रिय ह्याण्डबल पुरुष टोलीलाई माई होटल, लेकसाइडले खेल पोशाक सहयोग गरेको छ।

होटल संचालक तोरणबहादुर बानियाँले पोखरामा हुने ह्याण्डबल खेलमार्फत राष्ट्रको गौरव बढाउन खेलाडीलाई आग्रह गरे। उनले खेलकुद र पर्यटनबीचको सम्बन्ध बलियो बनाउन आफ्नोतर्फबाट खेल पोशाक उपलव्ध गराएको बताए।

कार्यक्रममा नेपाल ह्याण्डबल संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङले सहयोगप्रति आभार व्यक्त गरे।

उनले खेलाडीलाई जोश र जाँगरका साथ खेलमा ध्यान केन्द्रित गर्न आग्रह गरे।

Related News

सम्बन्धित समाचार

hero news full width