प्रहरीले गोली चलाउँदा युवकको मृत्यु

विक्रम खड्का
कार्तिक १५, २०७६
kapilvastu aa_Fotor

प्रहरीले चलाएको गोली लागी कपिलवस्तुको कृष्णनगरमा एक युवकको मृत्यु भएको छ। लक्ष्मीपूजाको मूर्ति बिर्सजन गर्ने विषयमा स्थानीयवासीबीच विवाद भएपछि कपिलबस्तुमा जारी निषेधाज्ञा उल्लंघन गरेको भन्दै प्रहरीले गोली चलाएको हो। मृत्यु हुनेमा कृष्णनगर नगरपालिका–२ का २० वर्षीय सुरजकुमार पाण्डेको मृत्यु भएको हो।

विवाद बढ्दै गएपछि कपिलवस्तुको कृष्णनगर क्षेत्र बुधबार साँझदेखि तनावग्रस्त बनेको छ। जिल्ला प्रशासन कार्यालयले कृष्णनगरमा बिहान ११ बजेदेखि लागू हुने गरी कफ्र्यु आदेश जारी गरेको हो।

प्रहरीले मृत्यु भएको पुष्टि गरे पनि गोली कसले चलाएको हो भन्ने बताएको छैन। बुधबार भएको उक्त झडपले थप उग्ररुप लिएपछि बिहीबार कफ्र्यु आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले वताए। झडपमा परी केही स्थानीय र प्रहरी घाइते समेत भएका छन।

विषय सामान्य भए पनि विवाद उत्कर्षमा पुगेकोले अवस्था जटिल बनेको प्रहरीको बुझाइ छ। प्रहरीले झडपलाई नियन्त्रण गर्न बुधबारमात्र ५० राउण्ड अश्रुग्यास प्रहार गरेको थियो।

बिहान ११ बजे जिल्ला प्रशासन कार्यालयले कृष्णनगर भन्सार कार्यालयदेखि उत्तरतर्फ ७ सय मिटर, पश्चिम तर्फ ७ सय मिटर, पूर्वतर्फ ३ सय मिटरमा कफ्र्यु लगाइएको जनाएको छ। कफ्र्यु आदेश अवज्ञा गरे कानून बमोजिम कारबाही हुने जिल्ला प्रशासनले जनाएको छ।

गत वर्ष पनि सो स्थानमा मूर्ति बिर्सजनकै विषयमा विवाद भएको थियो। केही वर्ष पहिले मोहित खाँको हत्यापछि भएको हिंसाले उग्ररुप लिँदा निकै ठूलो मानवीय र भौतिक क्षति समेत भएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width