प्रथम वडा स्तरीय व्याडमिन्टन प्रतियोगिता प्रारम्भ

आदर्श समाज सम्वाददाता
कार्तिक ८, २०७६
Yonex Sunrise Nepal International Badminton Series

पोखरा, ८ कात्तिक । पोखरा–५ मा सूर्यचन्द्र विकास समाजको व्यवस्थापन सहयोग रहेको प्रथम वडा स्तरीय व्याडमिन्टन प्रतियोगिता शुक्रवारदेखि शुभारम्भ भएको छ ।

वडा नं. ५, ३, ७, ८ र २१ का वडा अध्यक्षहरुबाट संयुक्त रुपमा उद्घाटित कार्यक्रममा वडा नं. ३ का अध्यक्ष रविनसन प्रजु र वडा नं. ८ का अध्यक्ष रुद्रनाथ बरालले शुभारम्भ मन्तव्य राख्दै प्रतियोगिताले भविष्यमा राष्ट्रिय खेलाडी जन्माउने विश्वास व्यक्त गरे ।

पोखरा–५ का वडा सदस्य एवं कार्यक्रम संयोजक उज्वल खत्रीको अध्यक्षतामा भएको कार्यक्रम संचालन वडा सदस्य अन्जु केसी र स्वागत कृष्ण प्रसाद बरालले गरेका थिए । चार खेलमा अनील भूर्तेल र संजीव कोइरालाको जोडी, नगेन्द्र घर्ती र द्रोणराज बरालको जोडी, केशवप्रसाद कोइराला र कृष्णबहादुर खत्रीको जोडी र सारदा सुवेदी र ननीन पराजुलीको जोडीले प्रतिस्पर्धी टिमलाई पराजित गरेका छन । २६ जना सहभागी व्याडमिन्टन खेलको फाइनल खेल कात्तिक १० गते हुने छ ।

Related News

सम्बन्धित समाचार

hero news full width