पिस चौतारीको शिविरमा बिरामीको लर्को

आदर्श समाज सम्वाददाता
कार्तिक ४, २०७६
lions free healthcamp photo 1_Fotor

लायन्स क्लब अफ पोखरा पिस चौतारीले कुश्मा नगरपालिका वडा नं. १० पिपलटारी, पर्वतमा शनिबार बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।

शिविरमा पाँच सय १० जनाको निःशुल्क स्वास्थ्य परीक्षण, भिडियो एक्सरे, तथा निःशुल्क औषधि वितरण गरिएको क्लबका अध्यक्ष मगनलाल श्रेष्ठले बताए।

इसियु अष्टेलिया र फिस्टेल अस्पताल पोखराको प्राविधिक सहयोग तथा स्थानीय पूर्णेश्वर भूतपूर्व विद्यार्थी मञ्चको स्थानीय संयोजनमा भएको सो कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले लायन्सको भावनाअनुसार लायन्स क्लब अफ पोखरा पिस चौतारीले कुस्मा नगरपालिकास्थित पिपलटारीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर गरेकोमा खुसी व्यक्त गर्दै यो सेवाबाट पिपलटारीबासी लाभान्वित भएको बताए।

कुश्मा नगरपालिका वडा नं. १० का वडाध्यक्ष सुरज विकले सरकारले गर्नुपर्ने कार्य स्ट्रियन्सले गरेकोमा लायन्सको सराहना गरे। सो कार्यक्रममा समाजसेवी सोनाम साङ्पो, लायन्स क्लब अफ पोखरा पिस चौतारीका पूर्वअध्यक्ष तथा डिस्ट्रिक्ट जीएमटी को–अर्डिनेटर लायन दुर्गाप्रसाद हुमागाईं, पूर्णेश्वर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश शर्मा पौडेल, विद्यालयका प्रधानाध्यापक सरोज के.सी., पूर्णेश्वर भूतपूर्व विद्यार्थी मञ्चका अध्यक्ष लायन रामचन्द्र पौडेल, रिजन चियरर्पसन लायन मेघनाथ काफ्ले लगायतले मन्तव्य राखेका थिए।

सो कार्यक्रममा विद्यालयका १० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो भने विद्यालयलाई विभिन्न किसिमका शैक्षिक तथा खेलकुद सामग्रीहरू हस्तान्तरण गरिएको थियो। लायन्स क्लब अफ पोखरा पिस चौतारीका अध्यक्ष लायन मगनलाल श्रेष्ठले क्लब विगत १३ वर्षदेखि समाजमा आवश्यक शिक्षा, स्वास्थ्य, खानेपानी, वातावरण लगायतका काममा निरन्तर लागिरहेको र विदेशीहरूलाई स्वास्थ्य शिविरमा प्रशिक्षकको रूपमा सहभागी गराउँदा यसले ग्रामीण पर्यटनमा समेत उल्लेख्य टेवा पुगेको बताए।

क्लबका अध्यक्ष मगनलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत लायन्स क्लब अफ पोखरा पिस चौतारीका पूर्वअध्यक्ष तथा शिविरका संयोजक लायन मेघनाथ काफ्लेले गरेका थियो भने कार्यक्रमको सञ्चालन क्लबका सचिव लायन रामकुमार लामिछानेले गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width