पोखरामा घुस सहित दुई पक्राउ

आदर्श समाज सम्वाददाता
कार्तिक ३, २०७६
Commission for the Investigation of Abuse of Authority, CIAA

पोखरा, ३ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले आइतबार दुई जनालाई सेवाग्राहीसँग घुस लिँदै गर्दा नियन्त्रणमा लिएको छ ।

मालपोत कार्यालय लेखनाथका खरिदार फलेवास नगरपालिका–१ पर्वतका प्रकाश पौडेल र लेखापढी व्यवसायी भानु नगरपालिका–६ तनहुँका मनोहरी भट्टराईलाई अख्तियारले नियन्त्रणमा लिएको हो । जग्गा नामसारीका लागि कार्यालय पुगेका सेवाग्राहीसँग उनीहरुले १२ हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले अपराह्न ४ः३० बजे नियन्त्रणमा लिएकोे आयोगका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए । उनीहरु माथि थप छानबिन भइरहेको र आयोगको कार्यालयमा राखिएको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width