राष्ट्रिय संगीतकर्मी संघ कास्कीको प्रारम्भिक साधारणसभाले आयुशजंग कार्कीको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ।
समितिको वरिष्ठ उपाध्यक्षमा सन्तोष बराल, महिला उपाध्यक्ष सुष्मा बिसी, महासचिव ऋषिराम दाहाल, सचिव कपिल श्रेष्ठ, कोषाध्यक्ष विष्णु बराल, सदस्यमा समीर रामदास, रेजिना विसी, पवित्रा परियार, सपना सुनार र दीपेन्द्र परियार छन्।
सभाको राष्ट्रिय संगीतकर्मी संघ केन्द्रीय अध्यक्ष राजेन्द्रकुमार कार्कीले उद्घाटन गर्दै २०६१ सालमा स्थापना भएको संघ अब नेपालका ४८ जिल्ला संघ र विदेशमा ५ वटा संघ स्थापना भइसकेको जानकारी दिए।
संगीत विकास बोर्ड गठन गर्नुपर्ने र सबै क्षेत्रका कलाकारले रोयल्टी पाउनुपर्ने योगदानको आधारमा रोयल्टी वितरण गर्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा पूर्व केन्द्रीय सहसचिव लोकनाथ सापकोटाले कलाकारको अनुहारमा लुकेको समस्या बुझेर कार्य गर्न सक्ने संगठनको आवश्यकता रहेकोले नयाँ कार्य समितिले त्यस समस्याको पहिचान गरी समाधान गर्ने विश्वास व्यक्त गरे। उनले कलाकारलाई प्रयोगमात्रै गर्ने होइन उनीहरुको भविष्यको पनि सुनिश्चितता गर्नुपर्ने बताए।
सो अवसरमा दरबारथोक एड्भरटाइजिङ एजेन्सी संचालक कृष्ण रानाभाट, लोक तथा दोहोरीगायक कृष्णप्रसाद गौतमले शुभकामना व्यक्त गरेका थिए।
गण्डकी प्रदेश अध्यक्ष यज्ञ ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत स्याङ्जा जिल्ला अध्यक्ष पूर्ण वाग्लेले स्वागत र प्रदेश सदस्य शंकर ढकालले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
हेमजा साहित्य प्रतिष्ठानमा चूडामणि खनालको स्मरण
अक्षरयात्राको २१० औं शृंखला खास्टेतालमा
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सबीको अपरिभाषित आभा लोकार्पित
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१