प्रदेश ३ र ५ मा गण्डकी प्रवद्र्धन

आदर्श समाज सम्वाददाता
असाेज १३, २०७६
Gandaki_Fotor

पर्यटन प्रवद्र्धनका लागि भन्दै अन्तरप्रदेश भ्रमणमा निस्किएको गण्डकी प्रदेशको टोलीले प्रदेश ५ र प्रदेश ३ मा आफ्नो कार्यक्रम सम्पन्न गरेको छ। दुवै प्रदेशमा भएको अन्तरक्रियामा सहभागीले देशमा आन्तरिक पर्यटन प्रर्वद्धन गर्न प्रदेश र स्थानीय निकायबीच सहकार्यको खाँचो औल्याए। साथै वक्ताले आफ्नो देशमा रहेको पर्यटनको गन्तव्यको प्रचार प्रसार नभएको समेत बताएका छन्।

भ्रमण टोलीले शनिबार चितवनमा अन्तरक्रिया गर्यो। कार्यक्रममा बोल्दै टोली प्रमुख तथा गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले सन २०१९ लाई गण्डकी प्रदेशले आन्तरिक पर्यटन वर्षको रुपमा अगाडि सारेको जानकारी गराउँदै यसमा चितवनका संघसस्थाको सहयोग अपेक्षा गरे।

प्रदेशले आन्तरिक पर्यटनलाई विभिन्न कुरामा सुविधा दिएको जानकारी गराउँदै पर्यटन व्यवसायीले यसलाई प्याकेजको रुपमा उपयोग गर्न सक्ने बताए।

भरतपुर महानगरपालिका उपमेयर पार्वती शाह ठकुरीले गण्डकी प्रदेशसँग सहकार्य गरेर दुवै प्रदेशले पर्यटनबाट लाभ लिन सक्ने बताइन्। पर्यटन वर्ष २०२० को लक्ष्य पूरा गर्नका लागि समेत पोखरा र भरतपुरजस्ता सहरको सहकार्य आवश्यक रहेको ठकुरीको भनाइ थियो।

भ्रमण वर्ष २०१९–२२ संयोजक जुद्धबहादुर गुरुङले सरकारबाट सरकार (जिटुजि), व्यवसायीबाट व्यवसायी (बिटुबि) र ग्राहकबाट ग्राहक (सिटुसि) अवधारणाका साथ मिसनमा लागेको जानकारी गराए।

उद्योग बाणिज्य संघ चितवन अध्यक्ष सहनलाल प्रधानले गण्डकी प्रदेशले थालेको अभियानको सिको प्रदेश ३ ले समेत गर्नुपर्ने बताए। वार्षिक ६९ अर्ब रुपैयाँ नेपालीले विदेश भ्रमणका लागि खर्च गर्ने गरेको तथ्यांक दिँदै यो रकमलाई नेपालमै सदुपयोग गर्ने अवसर पर्यटन क्षेत्रका लागि रहेको बताए।

पोखरा पर्यटन परिषद् अध्यक्ष चिरञ्जीवी पोखरेलले प्रिभिलेज कार्ड माध्यमबाट पर्यटक आकर्षित गर्न योजनामा रहेको बताए। उनले होटलमा, रेष्टुरेण्टमा, टे«किङ, ट्राभल्समा १० देखि २० प्रतिशतसम्म प्रिभिलेज कार्डबाट सहुलियत दिइने जानकारी गराए।

यसैगरी गण्डकी प्रदेश र प्रदेश ५ बीच बुटवलमा जिटुजि (गभरमेण्ट टु गभरमेण्ट) कार्यक्रम गरिएको छ। प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीलाई समकक्षी विकास लम्सालले प्रदेशका पर्यटकीय गन्तव्यको तस्वीर हस्तारण गरेर प्रदेश भ्रमणका लागि निम्ता दिएका थिए। उनले पोखरा र लुम्बिनीलाई पर्यटनको माध्यमबाट जोड्न इच्छुक रहेको समेत बताएका थिए। जवाफमा प्रदेश ५ का समकक्षी गिरीले पर्यटनमा सहकार्य गर्न सके यसको लाभ दुवै प्रदेशलाई हुने बताए। लुम्बिनी र पोखराबीच पर्यटनको माध्यमबाट अन्तरसम्बन्ध जोड्न आफूहरु तयार रहेको उनको भनाइ थियो। बुटवल उपमहानगरका मेयर शिवराज सुवेदीले लुम्बिनीदेखि मुक्तिनाथसम्मको पदयात्राका नयाँ अवधारणालाई मूर्तरुप दिन सकिए यसले धेरै रोजगारी सिर्जना गर्न सकिने बताए।

अन्तर भ्रमण कार्यक्रम अन्तर्गत पर्यटकीय गन्तव्यको फोटो प्रदर्शनीमा स्थानीयहरुले बढी रुची देखाएका छन्। नेपाल फोटो पत्रकार महासंघ गण्डकी र नेपाल फोटो पत्रकार संघ कास्कीको संयोजनमा भैरहेको प्रदर्शनीमा प्रदेशका ११ वटै जिल्लाका पर्यटकीय गन्तव्य चिनाउने ५० वटा फोटो समावेश छन्।

Related News

सम्बन्धित समाचार

  • झोलाबाट अफिस चलाउँदै बाल संगठन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । अनाथ र सहाराविहीन बालबालिकालाई आश्रय दिने उद्देश्यले स्थापित नेपाल बाल संगठन कास्की आफैं आश्रयविहीन छ । पोखरा–३, नदीपुरस्थित…
  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको…
  • यस्तो छ लगानी सम्मेलनको कार्यतालिका   

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु…
  • बुढ्यौलीमा भेडीगोठ मोह

    धनबहादुर गुरुङ वैशाख १६, २०८१
    पोखरा । डोको, नाम्लो, पेरुंगो, ठेकी, बख्खु, भकारी अनि लालीगुराँसले सजिएको भेडी गोठको भोटे कुकुरले सुरक्षा गरिरहेको छ । भित्र…
  • जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै

    धनबहादुर गुरुङ वैशाख १५, २०८१
    पोखरा । ‘क्या राम्रो स्याउबारी मार्फा गावैमा, हेर्दा राम्रो मार्फा स्याउ, खाँदा मिठो मार्फा स्याउ…’ वसन्ती लालचनको शब्द अनि ज्योति…

hero news full width