गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले ज्येष्ठ सदस्य परिवारको भगवान् भएको बताउँदै सम्मानपूर्वक पालनपोषण गर्न आग्रह गरेका छन्।
ज्येष्ठ नागरिक सरोकार समाज नेपालको सातौं वार्षिक साधारण सभा तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रमलाई पोखरामा मंगलबार सम्बोधन गर्दै उनले भने, ‘ज्येष्ठ नागरिकलाई वृद्धाश्रम पठाउने हैन, आफ्नै घरमा सम्मानपूर्वक पालनपोषण गर्नुपर्छ। ’
‘सरकारले ज्येष्ठ नागरिकको हितमा ध्यान दिएको छैन। ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच औषधि, यातायात लगायत क्षेत्रमा सरकारले ध्यान दिनु जरुरी छ, ’ उनले भने, ‘जहाज टिकट शुल्कमा ज्येष्ठ नागरिक ५० प्रतिशत छुट दिन सरकारले गरेको निर्णय ज्येष्ठ नागरिकको सम्मान हो। ’
पोखरा महानगरपालिकाले ज्येष्ठ नागरिकको हितमा वार्षिक बजेटको कुल रकममध्ये २५ प्रतिशत छुट्याउन समेत उनले आग्रह गरे। आर्थिक अवस्था कमजोर भएका परिवारका ज्येष्ठ नागरिकले दुःख पाउने गरेको र उनीहरुको हितमा महानगरपालिकाले विशेष ख्याल राख्नुपर्नेमा थापाको जोड थियो।
रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले ज्येष्ठ नागरिक ग्रामको लागि स्थान उपलब्ध गराउने आश्वासन दिए। पोखरा ९ का वडाध्यक्ष रामराज लामिछानेले ज्येष्ठ नागरिक सेवाको लागि वडाले विविध कार्यक्रम संचालन गर्दैआएको जानकारी दिए।
ज्येष्ठ नागरिक राष्ट्रिय महासंघ गण्डकी अध्यक्ष कुसुमकेशव पराजुलीले ज्येष्ठ नागरिकको हकहितका लागि कानून पर्याप्त नभएको उल्लेख गर्दै आयआर्जनका उपाय खोज्नुपर्ने बताए।
पोखरा महानगर सामाजिक विकास महाशाखाका अधिकृत प्रकाश ओझाले विभिन्न स्रोतको पहिचान गरी अघि बढ्नुपर्नेमा जोड दिए।
संस्थाका आजीवन सदस्य रामजी कोइरालाले पोखरा महानगरको हरेक वडामा ज्येष्ठ नागरिकको लागि दिवासेवा केन्द्रको आवश्यकता भएको बताए।
त्यस्तै कृष्णकान्त सिग्देल, विश्व हिन्दू महासंघ कास्की अध्यक्ष पार्वती पौडेल, सम्मानित ज्येष्ठ नागरिक एवं मानव अधिकारकर्मी टेकनाथ बराल, ज्येष्ठ नागरिक सरोकार समाज पोखरा–१९ का संयोजक सोमराज पौडेल लगायतले आफ्ना भनाइ राखेका थिए।
सो अवसरमा ८६ वर्षीय नारायणदत्त सुवेदी सहित २६ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो।
यस्तै, संस्थाका संस्थापक कोषाध्यक्ष एवं रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा, पुरस्कार संस्थापक संस्थाका सचिव इच्छाबहादुर वाग्ले, यशस्कर सदस्य सोमलाल सुवेदीलाई पनि सम्मान गरिएको थियो।
ज्येष्ठ नागरिक सरोकार समाज नेपालका अध्यक्ष भक्तराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सचिव इच्छाबहादुर वाग्ले र संचालन उपाध्यक्ष केशव ढकालले गरेका थिए।
सो अवसरमा संस्थाद्वारा प्रकाशित वार्षिक मुखपत्र ‘ज्येष्ठ नागरिक आवाज’ समेत लोकार्पण गरिएको थियो।
Related News
सम्बन्धित समाचार
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
मानव सेवा अश्रममा खाना खुवाइयो
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१