लमजुङ, ७ असोज । लमजुङको जिल्ला अस्पतालको रूपमा परिचित सुन्दरबजार नगरपालिका– ७ स्थित सुन्दरबजार अस्पताललाई डाक्टर र औषधि अभावमा बन्द गर्नु पर्ने स्थिति उत्पन्न भएको छ । दैनिक एक सय हाराहारीमा उपचारका लागि बिरामी आउने यो अस्पतालमा अवस्था अस्तव्यस्त देखिन्छ ।
सो अस्पताल यतिबेला कर्मचारी समायोजनले डाक्टरको अभाव छ भने बजेट बिहिनताले औषधि अभाव हुन गएको छ । जसका कारण अस्पताल नै बन्द गर्नु पर्ने स्थितिमा पुगेको सम्बद्ध कर्मचारीले बताएका छन् । तीन जना स्थायी दरबन्दीका डाक्टर र चारजना इन्टरसिपका डाक्टर मन्त्रालयबाट करारमा आएका थिए । स्थायीवाला एकले राजीनामा दिएर गए, दुईजना समायोजनमा गए सो अस्पतालका प्रमुख सिअहेव दीपक पण्डितले बताए । उनका अनुसार करारवाला तीन जनाको म्याद सकियो र फर्के, बाँकी एक जनाको पनि दुई महिना मात्र अवधि बाँकी छ त्यसपछि के हुने हो थाहा छैन । यस्तै हो भने डाक्टर र औषधिको अभावमा अस्पताल नै बन्द गर्नु पर्ने स्थितिमा पुगेको छ ।
२०७५ सालको साउनमै म्याद सकिएको अस्पताल सञ्चालक समितिको अझै पुनर्गठन गरिएको छैन । समिति भएको बेलामा शुरु गरिएको २४ घण्टा सेवा दिने कार्य यतिबेला एकजना मात्र डाक्टरका भरमा सेवा दिन सक्ने अवस्था नरहेको हुँदा बन्द गरिएको पण्डितको भनाई छ । उनले भने, ‘समिति नहुँदा अस्पतालको दैनिक गतिविधिका काम सञ्चालन हुन कठिन भएको छ ।’
औषधि खरिदको बजेट सुदृढीकरण कार्यक्रम अन्तरगत गत वर्षसम्म स्वास्थ्य मन्त्रालयमार्फत २५ लाख रुपैयाँ आउने गरेकोमा यो वर्ष स्थानीय नियकाले बजेट दिने भनेर काटियो स्थानीय निकायबाट स्वास्थ्य केन्द्र सरह रकम छुट्याएको सुनिएको छ त्यो पनि निकासा भएको छैन अस्पतालका प्रमुख सिअहेव पण्डितले बताए । उनका अनुसार अस्पतालमा डाक्टर हुने भएपछि त्यही अनुसारको औषधि हुनुपर्छ तर त्यो हुन सकेको छैन ।
कुनै समय यो अस्पतालमा सात जनासम्म डाक्टर कार्यरत रहेको यो अस्पतालमा यतिबेला एक जना मात्र बाँकी छन्, उनको पनि करार म्याद दुई महिनामात्र बाँकी छ पण्डितले बताए । उनले भने ‘आजका दिनसम्म त गतवर्षको र जिल्ला स्वास्थ्य कार्यालयले पठाएको जगेडा औषधिले काम चलेको थियो, यो वर्ष स्वास्थ्य कार्यालयले पनि औषधि दिन सक्ने अवस्था छैन भनेको छ ।’
लमजुङ जिल्ला अस्पताललाई मासेर सामुदायिकमा परिणत गरिएपछि यसै अस्पताललाई जिल्ला अस्पतालको रूपमा विकास गर्न लागिएको थियो । यसअघिको सञ्चालक समितिका अध्यक्ष विष्णुकुमार श्रेष्ठले त्यस्तो कार्य थालनी समेत गरेको थियो । हरेक महिनाको १० र २५ गतेका दिन सञ्चालन गर्ने गरिएको सुगरको र मासिक रूपमा दाँतको निःशुल्क शिविर सञ्चालन गर्ने गरिएको थियो । तर यी सेवा पनि औषधिको अभावका कारणले बन्द हुने भएको पण्डित बताउँछन् ।
जनप्रतिनिधिका हिसावले मेरो टाउको दुःखेको छ जे समस्या पनि मलाई सोध्न आउँछन्, वडाले पनि के मात्र गर्ने ? भन्दै प्रतिप्रश्न गर्छन् सो वडाका अध्यक्ष जयराम रेग्मी । उनले भने ‘अस्पतालको सञ्चालक समिति हुँदा धेरै सजिलो थियो, मलाई कुनै गुनासो आउन्नथ्यो, आए पनि सल्लाहले समाधान गर्र्न सहज थियो ऐले त एक्लैले के मात्र गर्ने ?’ ।
यो समस्याका बारेमा नगरपालिकामा सम्पर्क गर्दा ‘अस्पतालको समस्याका बारेमा मलाई जानकारी गराउने कि ? पत्रकारलाई भनेर समस्या सामाधान हुन्छ ? यस्तो समस्याका बारेमा मलाई भनिएकै छैन ।’ नगरपालिकाका मेयर जनकराज मिश्रले भने । उनले भने, ‘औषधि हामी खरिद गरिदिन्छौं, १३ गते बस्ने कार्यपालिकाको बैठकले समिति गठन गर्छ, डाक्टरका लागि डेलिगेसन जान्छु ।’ उनले गुनासो गर्दै भने डाक्टरका लागि मन्त्रालयमा गएर दबाब दिनेभन्दा अन्य के गर्न सकिन्छ र ? केही कुरा नमिलेका कारणले समिति गठनमा ढिला भएकै हो, डाक्टर र औषधिको अवस्थाका बारेमा मलाई जानकारी नै दिएनन् ।
Related News
सम्बन्धित समाचार
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१