एक जनाको मृत्यु, ६ घाइते

सिद्धबाबामा पहिरो

आदर्श समाज सम्वाददाता
भाद्र २७, २०७६
sibaba ss (3)

बुटवल, २७ भदौ । सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा–दोभान हेडबक्स नजिकै सडक माथिबाट खसेको पहिरोले शुक्रबार २ वटा जिप पुरेको छ । पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको भने अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

बुटवलबाट गुल्मी तर्फ जाँदै गरेको लु १ ज २६१७ नं. जीप र पाल्पाबाट बुटवल तर्फ आउँदै गरेको लु २ च ८४७६ नं. को स्कारपियोलाई सडक माथिबाट खसेको ढुंगासहितको पहिरोले पुरेको दोभान प्रहरी चौकीले जनाएको छ । पहिरोमा पुरिएर जिप चालक रुपन्देही मक्रहरका २६ वर्षीय कमल परियारको मृत्यु भएको छ । घाइतेहरुलाई उपचारका लागि बुटवलमा ल्याइएको छ ।

पहिरोले अवरुद्ध राजमार्ग संचालन भएको छ । जिपमा चालकसमेत चार जना थिए । माथिल्लो भागबाट खसेको ढुंगासहितको पहिरोले दुबै सवारी साधनलाई पुरेको स्थानीय विष्णुप्रसाद पाण्डेयले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width