६ अधिकृत सहित १८ कर्मचारी छड्केमा

आदर्श समाज सम्वाददाता
भाद्र २, २०७६
karmachari-tourist-pcovince-2_20190510005359

लमजुङ, २ भदौ । लमजुङमा गरिएको कार्यालयको हाजिरी छड्केमा छ जना अधिकृत सहित १८ जना कर्मचारी अनुपस्थित फेला परेका छन् । जिल्ला प्रशासन कार्यालयले गरेको छड्केमा उनीहरू गैह्र हाजिर फेला परेका हुन् ।

जिल्ला प्रशासन कार्यालयबाट जिल्ला सदरमुकाममा रहेका जम्मा १२ वटा कार्यालयमा छड्के गरिएको सो कार्यालयका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले बताए । उनका अनुसार जिल्ला प्रशासन कार्यालयबाट एकै पटक १२ वटा सरकारी कार्यालयमा छड्के गरिएको थियो ।

सो क्रममा ६ जना अधिकृतस्तरका र १२ जना अन्य पदका कर्मचारी छड्केमा परेका हुन् । त्यस समयमा सात जना बिना पोशाकमा आएको भेटिएको पनि सहायक प्रमुख जिल्ला अधिकारी शाहीले जानकारी दिए । उनका अनुसार उनीहरू सबैलाई स्पस्टीकरण सोध्ने र विभागीय कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयबाट सिफारिस पत्र पठाइने भएको छ । लमजुङमा जिल्ला प्रशासन कार्यालयबाट धेरै वर्षपछि कार्यालयमा हाजिरी छड्के गरिएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width