मुम्बई, २९ साउन । बलिउड अभिनेत्री एक्ट्रेस कंगना रनौत आफ्नो विवादित बयानका कारण चर्चामा आउने गरेकी छन् । उनी आफ्नो फिल्म ‘मणिकर्णिका’ लाई बलिउडमा नरुचाएपछि निकै रिसाएकी थिइन् र फिल्म रिलिजपछि सेलिब्रेटीमाथि धावा बोल्न थालिन् ।
तीनपटक राष्ट्रिय अवार्ड जितिसकेकी उनले बलिउडमा प्रतिभाको कुनै महत्त्व नभएको बताएकी छन् । हालै एक अन्तर्वार्तामा उनले भनिन् ‘फिल्म इन्डस्ट्रीमा बाहिरबाट आएका युवतीमाथि शोषण हुने गरेको छ । त्यसमाथि बलिउडमा नेपोटिज्मको जरा निकै गहिरोसँग गाँडिएको छ, जसले बाहिरबाट आएका व्यक्तिलाई टिक्न दिँदैनन् ।’ उनले मुभी माफियाको पर्दाफास हुन आवश्यक रहेको बताइन् । अब आफू सख्त भएको पनि उनको भनाई छ ।
उनी भन्छिन् ‘सुरुमा जब म यहाँ आएँ, तब मलाई लागेको लागेको थियो कि यहाँ प्रतिभा नै सबैथोक हो । मैले आफ्नो बाटो बनाउनका लागि निकै संघर्ष गरेँ । फिल्ममेकिङ, स्क्रिप्टिङ, अभिनय सबै सिकेँ । मैले यो सोचेर सबथोक गरेँ कि प्रतिभा नै सबैथोक हो । जब मैले आफ्नो प्रतिभाको दायरा बढाएँ तब महशुस भयो कि यहाँ प्रतिभाको कुनै महत्त्व छैन ।’
सत्ताको राजनीति गर्ने र खेल खेल्ने व्यक्तिले आफ्नो सम्पर्क र माफियाको मद्दतबाट एक जाल बुनेको बताउँदै कंगना भन्छिन् ‘यो सिस्टमलाई तोड्न मलाई सख्त कदम उठाउनु र्पयो । मलाई लाग्छ कि तपाईंलाई त्यो मिल्नु पर्छ, जसका लागि तपाईं लायक हुनुहुन्छ ।’ अस्थिरताले जो कोहीलाई अभिनय पेशामा असुरक्षित महशुस गराउने उनको भनाई छ ।
Related News
सम्बन्धित समाचार
रेडक्रसलाई लुम्बिनी विकासको सहयोग
विश्व हिन्दु महासंघ गण्डकीमा मुक्तिराम
डुंगा पल्टिएपछि तत्कालै उद्धार
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१