लमजुङ, २१ साउन । लमजुङ र मनाङ क्षेत्रमा कार्यरत यातायात मजदुरले साढे तीन लाख राहत रकम संकलन गरी हस्तान्तरण गरेका छन् । चालक स्व. धनबहादुर आचार्यको परिवारलाई यातायात मजदुरहरुले राहत दिएका हुन् ।
बेसीशहर– चामे सडक खण्डमा जीप चलाउँदै आएका धनबहादुर आचार्यको सवारी दुर्घटना परी मृत्यु भएको थियो । मृतक परिवारलाई यातायात मजदुरहरूले संकलन गरेको राहत रकम तीन लाख ४६ हजार पाँच सय २० रुपैयाँ मृतक आचार्यका श्रीमती मधुमाया आचार्यलाई बेसीशहरमा एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेका हुन् ।
बेसीशहरदेखि मनाङ चल्ने यातायात मजदुरहरूले एक लाख ६८ हजार, मृतकले चलाउने गरेको जीपका धनी नेत्रबहादुर गुरुङले एक लाख १० हजार रुपैयाँ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बेसीशहर नगर समितिले संकलन गरेको ६८ हजार पाँच सय २० रुपैयाँ गरी एकमुष्ट तीन लाख ४६ हजार पाँच सय २० रुपैयाँ प्रदान गरेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बेसीशहर नगर समितिका अध्यक्ष मोहन भण्डारीले बताए ।
उनका अनुसार चालक आचार्य मिलनसार हुनुका साथै सहयोगी भावनाका थिए, उनको जीप दुर्घटनामा परी असामयिक निधन भएको घटनाप्रति यातायात मजदुरहरूलाई ठूलो चोट परेको छ । यसैले सहयोगी साथीको सम्झनामा सबै यातायात मजदुरहरुले चन्दा र सहयोग संकलन गरी पीडित परिवारलाई हस्तान्तरण गरिएको भण्डारीले जानकारी दिए ।
जीप चालक धनबहादुर आचार्यको गत साउन ८ गते राती लमजुङको मस्र्याङ्दी गाउँपालिका– ४ च्याम्चेबाट बेसीशहरतर्फ आउने क्रममा राजी जीप दुर्घटना भई मृत्यु भएको थियो । बेसीशहरबाट चामेसम्म यात्रु पु¥याएर फर्कने क्रममा ग १ ज ६७८६ नम्बरको जीप चालक आचार्यको दुखद निधन भएको थियो । मृतक आचार्यका श्रीमती मधुमाया आचार्यका साथमा अहिले २ वर्ष र ७ वर्षका दुई छोरा छन् । राहत रकम बुझ्दै श्रीमती मधुमाया आचार्यले सहयोगी सबैलाई धन्यवाद दिदै प्राप्त रकम छोराहरूको पढाईमा खर्च गर्ने बताइन् ।
Related News
सम्बन्धित समाचार
कागबेनीमा कलेजको बस दुर्घटना, २१ घाइते
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
कालीगण्डकीमा बेपत्ता बौदीकाली २ दिदीबहिनीको शव फेला
सेतीको खोंचबाट सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो युवकको शव
अछाममा आगलागी हुँदा २ नाबालकको मृत्यु
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१