पहिलो एसेज टेस्टको खेलमा अष्ट्रेलियासँग इङ्ल्याण्ड पराजित को छ। आइसीसी एकदिवसीय विश्वकपको उपाधि विजेता टिम इङल्याण्डले अष्ट्रेलियासँग २५१ रनले हारेको हो।
एज्बास्टनमा भएको खेलको चौथो दिन अस्ट्रेलियाले ४ विकेटको क्षतिमा ४८७ रन बनाएर पारी अन्त्यको घोषणा गरेको थियो। उसका लागि स्टिभ स्मीथले शतकीय पारी खेले। स्मिथले १४२ रनको शानदार पारी खेले। उनको यो लगातार दोस्रो शतक हो।
करियरको २५ औं र एसेजमा दशौं शतक प्रहार गरेका स्मिथ क्रिस ओक्सको बलमा आउट भएका थिए। उनले पहिलो पारीमा १ सय ४४ रन बनाएका थिए। म्याथ्यु वेडले १ सय १० रनको योगदान दिए। ट्रेभिस हेडले ५१, टिम पेनले ३४, जेम्स पेटिन्सनले अविजित ४७ रन बनाए। अस्ट्रेलियाले पहिलो पारीमा २८४ र इङल्याण्डले ३ सय ७४ रन बनाएको थियो।
दोस्रो पारीमा इङ्लयाण्ड १ सय ४६ रनमा अलआउट भयो। उसका लागि कुनैपनि खेलाडीले अर्धशतक बनाउन सकेनन्। इङल्याण्डका लागि क्रिस ओक्सले सर्वाधिक ३७ रन बनाए। यस्तै जेसन रोय र कप्तान जोय रुटले समान २८ रन बनाए। दोस्रो पारीमा नाथन लियोनले ६ तथा प्याट कमिन्सले ४ विकेट लिदैं इङ्ल्याण्डलाई अघि बढ्न बाधक बने।
Related News
सम्बन्धित समाचार
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
स्पोर्ट्स अवार्डलाई सहयोग आउने क्रम जारी
hero news full width
मुख्य समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१