गायिका स्मिताको नयाँ गीत ‘जालमै पार्छु’

आदर्श समाज सम्वाददाता
श्रावण ४, २०७६
Jaalmai-Parchhu

पोखरा । गायिका स्मिता दाहालको ‘जालमैं पार्छु’ बोलको गीत म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

गीतमा स्मितासँगै आशिष अविरलको स्वर रहेको छ । एकनारायण भण्डारीको शब्द रहेको गीतमा गायक आशिष अविरलको संगीत तथा एरेन्ज भरेका छन् ।

चर्चित मोडल तथा नायिका आँचल शर्मा र विजु पार्कीको अभिनय रहेको भिडियोको कोरियोग्राफी तथा निर्देशन प्रविण सिंहले गरेका छन् । म्यूजिक भिडियोको छायांकन ज्ञानेन्द्र शर्मा हुमागाईको र सम्पादन विकाश ज्ञवालीको रहेको छ ।

काठमाण्डौंमा शुक्रबार भिडियो सार्वजनिक कार्यक्रममा खानेपानी मन्त्री बिना मगर, भरतपुर महानगरकी मेयर रेणु दाहाल, स्मिता दाहालकी आमा तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालकी स्वकिय सचिव गंगा दाहाल, गायक रामकृष्ण ढकाल, कलाकार जितु नेपाललगायतले स्मिता दाहालको नयाँ गीतलाई सफलताको शुभकामना दिएका छन् । गायिका स्मिता पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालकी नातिनी हुन् ।

Related News

सम्बन्धित समाचार

  • फेवाताल किनारमा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड (फोटो फिचर)

    आदर्श समाज सम्वाददाता कार्तिक २४, २०८१
    पोखरा । पोखरामा शनिबार तेस्रो संस्करणको ‘पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगिता’ भएको छ । वाराहीघाटमा आयोजित समारोहमा सँस्कति, पर्यटन…
  • लायन्स सिमसारको रक्तदान

    आदर्श समाज सम्वाददाता कार्तिक २४, २०८१
    लेखनाथ । महिला मात्र सदस्य रहेको लायन्स क्लब अफ लेखनाथ सिमसारले रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा ५४ युनिट रगत…
  • नेपाल मेडिकल कलेज प्रिन्सिपलमा मरहठ्ठा

    आदर्श समाज सम्वाददाता कार्तिक २४, २०८१
    काठमाडौं । नेपाल मेडिकल कलेज प्रिन्सिपलमा प्राडा मोदनाथ मरहठ्ठा नियुक्त भएका छन् । काठमाडौं विश्वविद्यालयले प्राडा मरहठ्ठालाई आगामी तीन वर्षका…
  • स्वावलम्बी सहकारीमा यादव

    आदर्श समाज सम्वाददाता कार्तिक २४, २०८१
    पोखरा । पोखरा १७ स्थित स्वावलम्बी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारण सभा तथा अधिवेशनले नयाँ…
  • सहारा बाल आधारभूतमा पक्की शौचालय

    आदर्श समाज सम्वाददाता कार्तिक २४, २०८१
    पोखरा । पोखरा ९, शिवटोल, बधसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा पक्की शौचालय निर्माण गरिएको छ । नेवा नामक संस्थाद्वारा स्थापित…

hero news full width