चितवन, ३ साउन । भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा आगलागी र तोडफोड गरेका छन् ।
क्याम्पस प्रमुख गोविन्द सापकोटाका अनुसार आगजनीबाट सहायक क्याम्पस प्रमुखहरु बस्दै आएको कर्सी र टेबुल पूर्णरुपमा नष्ट हुनाका साथै कोठामा रहेका दराज, झ्यालका सिसा पनि तोडफोड गरिएको छ । बिहान ९ बजे क्याम्पस परिसरमा आएका विद्यार्थीको समूहले आगजनी गरेको हो । आगजनीका कारण भएको क्षतिको विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।
आगो विद्यार्थी र प्रहरीको सक्रियतामा नियन्त्रणमा लिइएको थियो । यसअघि सहायक क्याम्पस प्रमुखका कार्यकक्षमा विद्यार्थीले लगाएको ताला क्याम्पस प्रशासनले तोडेको थियो । सो क्रममा अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थी नेता मिलन भट्टराईमाथि कुटपिट भएकाले त्यसको विरोधमा भट्टराईका समर्थकहरुले शुक्रवार आगजनी र तोडफोड गरेका अनेरास्ववियुका क्याम्पस कमिटीका अध्यक्ष लीलाराम पौडेलले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
चट्याङ लागेर एकजनाकोे मृत्यु
पौडी खेल्दा डुबेर पोखरामा २ बालकको मृत्यु
कागबेनीमा कलेजको बस दुर्घटना, २१ घाइते
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
कालीगण्डकीमा बेपत्ता बौदीकाली २ दिदीबहिनीको शव फेला
hero news full width
मुख्य समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१