‘नेपालकी छोरी’ बाल गीत सार्वजनिक

आदर्श समाज सम्वाददाता
श्रावण २, २०७६
Nepalki Chhori Ma, Kristina Shrestha

पोखरा । बालगायिका क्रिष्टिना श्रेष्ठको सुमधुर आवाजमा सजिएको नयाँ गित ‘नेपालकी छोरी’ को म्युजिक भिडियो सार्बजनिक गरिएको छ ।

अमेरिका निवासी सर्जक अम्बिका गुरुङको शब्दलाई महेश ज्ञवालीले संगीत भरेका छन् । म्युजिक भिडियोलाई शासन कँडेलले निर्देशन गरेका छन् । गीतलाई छायाँकार रमेश बस्नेतले छायांकन तथा सम्पादन गरेका छन् ।

यसअघि, सयौं चर्चित गीतहरुलाई आफ्नो मिठो शब्दमा उतारेर नेपाली गित संगीतलाई नयाँ उचाईमा पु¥याउन सफल भएकी छन् । उनले सांगीतिक क्षेत्रमा दर्जनौ अवार्डसमेत प्राप्त गरिसकेकी छिन् । सार्बजनिक गरिएको म्युजिक भिडियोमा बालगायिका क्रिष्टिना श्रेष्ठलाई फिचरिङ गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width