पोखरा । राष्ट्रिय महिला भलिबल टिमको प्रशिक्षण शनिवारदेखि शुरु भएको छ ।
नेपालमै हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरेर महिलाहरुको राष्ट्रिय भलिबल टिमको प्रशिक्षण थालिएको हो ।
आगामी डिसेम्वरमा काठमाडौं र पोखरामा हुने सागका लागि महिला टोलीको प्रशिक्षण सुरु गरिएको नेपाली भलिबलकी मूख्य प्रशिक्षक सलिना श्रेष्ठले जानकारी गराइन् ।
शनिवार, पहिलो दिन त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा महिला टिममा सहभागी खेलाडीहरुको परिचयात्मक कार्यक्रमबाट भलिबलको प्रशिक्षण शुरु गरिएको हो । प्रशिक्षण शनिवारबाट औपचारिक रुपमा सुरु गरिएको हो । राष्ट्रपति रनिङ शिल्डको कारण तीनदिनपछि मात्रै प्रशिक्षण सुरु हुने मूख्य प्रशिक्षक श्रेष्ठले बताइन् ।
केही खेलाडी राजधानी बाहिर रहेकाले शनिवार पूरै खेलाडी उपस्थित नरहेको श्रेष्ठले जानकारी दिइन् । साउन १ गतेदेखि लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा महिला टिमको प्रशिक्षण हुनेछ । प्रशिक्षण दिउँसो १२ देखि २ बजेसम्म हुनेछ ।
यस्तै, महिला टिमको प्रशिक्षक जगदिश भट्टले हेर्नेछन्। भट्टले यसअघि पुरुष राष्ट्रिय टिमको प्रशिक्षण सम्हालिसकेका छन् । हाल प्रशिक्षक भट्टले विदेशी प्रशिक्षक हान अबिङलाई पुरुष टिमको प्रशिक्षणमा सहयोग गरिरहेका छन् ।
गत चैत/बैशाखमा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदर्शन गरेको आधारमा छनोट समितिले शुरुमा २५ खेलाडी छनोट गरेको हो । बन्द प्रशिक्षणमा त्यही खेलाडीलाई राखेर प्रशिक्षण गराइनेछ ।
प्रशिक्षणका लागि यसअघि घोषणा भएको २५ सदस्यीय सूचीमा कप्तान विनिता बुढाथोकी र उपकप्तान मन्जु गुरुङ भने अटाउन सकेनन् । यस पटक महिला टिममा नयाँ खेलाडीहरुको बाहुल्य छ।
प्रशिक्षणका लागि प्रारम्भिक टोेलीमा सरस्वती चौधरी, रेश्मा भण्डारी, प्रतिभा माली, अरुणा शाही, निरुता ठगुन्ना, उषा भण्डारी, शान्ति थारु, लक्ष्मी कुमाल, पुष्पा शाही, आरती सुवेदी, सुनिता खड्का, पुनम चन्द छनोटमा परेका छन् ।
त्यस्तै, सोफिया पुन, कविता भट्ट, हिरा केसी, उषा विष्ट, कमला पुन, चन्द्रकला खरेल, संगम महतो, शान्ति तामाङ, सलिना श्रेष्ठ, यामकली कुँवर, ममता डगौरा, जानकी भण्डारी र सरस्वती कट्टेल समेतलाई प्रशिक्षणको लागि प्रारम्भिक टोलीमा राखिएको छ ।
पुरुष भलिबल टिमको प्रशिक्षण भने करिब एक महिनायता जारी छ । साउन ३२ देखि भदौ ८ गतेसम्म हुने एभीसी सेन्ट्रल जोनको लागि पुरुष टिमले चाँडै तयारी सुरु गरेको हो ।
Related News
सम्बन्धित समाचार
खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन
टाइगर कपको अन्तिम तयारी
एउटै क्लबका २ टिम फाइनल पुगेपछि समझदारीमा विजेता घोषणा
माछापुच्छ्रेमा वडास्तरीय भलिबल
hero news full width
मुख्य समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
माघ १०, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
माघ १०, २०८१बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१