बुटवल, २५ असार । कर्मचारी अभावले बन्द बुटवलको बिषादी अवशेष द्रुत विश्लेषण एकाई (प्रयोगशाला) तरकारी तथा फलफुलको नमूना जाँच गर्न पुनः सुचारु गरिएको छ ।
संघीय संरचना अन्र्तगतको नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तरगतका कार्यालय एक बर्षअघि सञ्चालनमा आएको भएपनि कर्मचारी समायोजनले कर्मचारी अभाव हुदाँ प्रयोगशाला बन्द भएको थियो ।
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीबाट बरिष्ठ बाली संरक्षण अधिकृत रामबहादुर खत्री काजको रुपमा आएर तरकारी तथा फलफुलका नमूना परीक्षण सुरुवात गरेका हुन् । केही समय निरन्तर रुपमा सञ्चालनमा आएको उक्त प्रयोगशालाका निमित्त कार्यालय प्रमुख रामबहादुर खत्रीको प्यूठान जिल्लामा सरुवा भएको थियो ।
उक्त प्रयोशालामा काम गर्दै आएका खत्री गएपछि उक्त कार्यालय बन्द भएको थियो । एक जना कार्यालय सहयोगीले दैनिक रुपमा कार्यालय खोल्ने, सरसर्फाइ गर्ने बाहेकका अन्य कुनै पनि काम हुन सकेका थिएन् ।
बरिष्ठ बाली संरक्षण अधिकृत खत्रीसंगै एक जना प्राविधिक सहायकको समेत दरबन्दी रहेको प्रयोगशालामा प्राविधिक सहायक पदमा रहेका कर्मचारी संघमा समायोजन भएर गएका थिए । जसको कारण प्रयोगशाला बन्द रहेको थियो । प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको कृषि विकास निर्देशनालयमा दरबन्दीमा रहेका बरिष्ठ बाली संरक्षण अधिकृत रामबहादुर खत्रीलाई प्रदेश सरकारले हाल विषादी अवशेष द्रुत विश्लेषण एकाई (प्रयोगशाला) को प्रमुखको रुपमा खटाएको छ । कार्यालय प्रमुख बरिष्ठ बाली संरक्षण अधिकृत रामबहादुर खत्रीले मंगलबारबाट फलफुल तथा तरकारीको नमूना संकलन गरी परीक्षण शुरु गरिएको जानकारी दिए ।
उनले आफु एक जना र कार्यालय सहयोग मात्रै रहेको कार्यालयमा कार्य गर्नको लागि कठीन रहेको समेत बताए । उनले भने–‘एक जना मात्रै कर्मचारीबाट काम गर्न कठीन छ, तैपनि सरकारले खटाएपछि अहिले पुरानै कार्यालयमा आएको छु ।’उनले प्रदेश सरकारले असार पश्चात केही कर्मचारी पठाएमा कार्य सञ्चालनमा सहज हुने समेत जानकारी दिए । कम्तीमा पनि ३ जना प्राविधिक सहायक, नावय प्राविधिक सहकाय आवश्यक पर्ने उनको भनाई छ ।
विषादी अवशेष द्रुत विश्लेषण एकाई(प्रयोगशाला) र बाँके जिल्लको नेपालगञ्जमा रहेको विषादी अवशेष द्रुत विश्लेषण एकाई(प्रयोगशाला) प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कर्मचारी पठाएर सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही अनुसार पहिलो चरणमा बुटवलमा सुरुवात गरिएको छ भने नेपालगञ्जको बाँकेमा रहेको प्रयोगशाला समेत सुरुवाती चरणमा रहेको जनाइएको छ ।
बुटवलमा सञ्चालनमा आएको विषादी मापन प्रयोशालाले नियमित रुपमा नमूना संकलन गरी त्यसको रिर्पोट केन्द्र सरकार, प्रदेश सरकारका बुझाउने छ । दैनिकजसो बुटवल कृषि उपज थोक बजार केन्द्रमा आउने तरकारी तथा फलफुलमा विषादीको मात्रा के कती छ भन्ने विषयमा जाँच गरी त्यसको रिर्पोट प्रदान गरिने कार्यालय प्रमुम एवं बरिष्ठ बाली संरक्षण अधिकृत रामबहादुर खत्रीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
निर्माण व्यवसायीले बुझाए ज्ञापन
सुलभको बम्पर उपहारमा राहुललाई स्कुटर
एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस
hero news full width
मुख्य समाचार
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
माघ ७, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१