लमजुङ । लमजुङमा जारी राष्ट्रपति कप प्रतियोगितामा ६ खेलको ईभेन्टहरु सकिएको छ । मंगलबार, प्रतियोगिता अन्तर्गत लङजम्प, त्रिपलजम्प, ४ सय मिटर दौड, ८ सय मिटर दौड, ज्वाभलिन–थ्रो र सटपुटका खेलहरु भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख पूर्णप्रसाद अधिकारीले जानकारी दिए ।
लङजम्पतर्फ सौभाग्योदय मावि, राइनासका अनिल कुमालले पहिलो हुँदै स्वर्ण पदक जिते । भक्ति नमूना मावि भोटेओडारका सुरज नराल दोस्रो हुँदै रजत र महेन्द्रमन्दिर मावि परेवाडाँडा तेस्रो हुँदै कास्य पदक जिते ।
छात्रातर्फको लङजम्पमा राइनासकै वीरभक्ति माविका लक्ष्मी परियार पहिलो हुँदै स्वर्ण पदक जितिन् । आदर्श बाल मावि सुन्दरबजारका रेजिना कुमाल दोस्रो हुँदै रजत र भैरवकाली मावि मध्यनेपालका रेश्मा श्रेष्ठ तेस्रो हुँदै कास्य जितिन् ।
त्रिपलजम्पको छात्रतर्फ भक्ति नमूना माविका सुरज नराल पहिलो हुँदै स्वर्ण पदक जिते । कालिका मिलन मावि चिसापानीका इन्द्रजित गुरुङ दोस्रो हुँदै रजत र चन्द्रोदय मावि बाहुनडाँडाका अजित गुरुङ तेस्रो हुँदै कास्य पदक जिते ।
लङजम्प छात्रातर्फ बीरभक्ति माविका सुशीला श्रेष्ठ पहिलो हुँदै स्वर्ण पदक जितिन् । हिमाली आवासीय मावि भोर्लेटारका सुप्रिया गुरुङ दोस्रा हुँदै रजत र कुसुमाकर माविका सुप्रिया गुरुङ तेस्रो हुँदै कास्य पदक जिते ।
यसैगरी, ४ सय मिटर दौड प्रतियोगितामा वीरभक्ति माविका राजेश परियारले स्वर्ण, हिमाली आवासीय माविका राजु विकले रजत र अमर मावि खुदीका हरिश्चन्द्र भण्डारीले कास्य पदक जिते ।
४ सय मिटर दौडकै छात्रातर्फ हिमाली आवासीय माविका सिजता ढुंगानाले स्वर्ण, वीरभक्ति माविका लक्ष्मी परियारले रजत र हिमचुली आवासीय मावि खुदीका दीक्षा थापाले कास्य पदक जिते ।
त्यस्तै, ८ सय मिटर दौडको खेलको छात्रतर्फ आदर्श बाल माविका सुन्दरबजारका प्रकाश नेपालीले स्वर्ण, फ्युचर स्टार आमाविका रविन थापाले रजत र हिमाली आवासीय माविका सुरज गुरुङले कास्य जिते ।
छात्रातर्फ ८ सय मिटर दौडमा भैरव माविका लक्ष्मी कोइरालाले स्वर्ण, महेन्द्रमन्दिर माविका बुद्धिमाया श्रेष्ठले रजत र कल्याण मावि बाँग्रेका सरिना रानाभाटले कास्य पदक हात पारे ।
ज्वाभलिन–थ्रो छात्रतर्फ अर्थली आवासीय माविका सुजित गुरुङले स्वर्ण, आदर्श बाल माविका बसन्त कुमालले रजत र कुसुमाकर माविका रोमित तामाङले कास्य पदक जितेका छन् ।
ज्याभलिन–थ्रोकै छात्रातर्फ वीरभक्ति माविका लक्ष्मी परियारले स्वर्ण, जनविकास मावि बेसीशहरका ममता आलेले रजत, फ्युचर स्टार आवासीय माविका सगुन गुरुङ र जनकल्याण मावि उदीपुरका मञ्जु परियारले संयुक्त कास्य पदक जितेका छन् ।
सटपुटको छात्रतर्फ अर्थली आवासीय माविका सुजित गुरुङले स्वर्ण, भक्ति नमूना माविका उत्तम कुँवरले रजत र ज्ञानोदय मावि साहिलीटारका सन्तोष तामाङले कास्य जितेका छन् ।
सटपुटकै छात्रातर्फ जनविकास मावि उदीपुरका मञ्जु परियारले स्वर्ण, जनविकास मावि बेसीशहरका ममता घलेले रजत र वीरभक्ति मावि तार्कुघाटका सुशीला श्रेष्ठले कास्य पदक जितेको आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
भारी वर्षाका कारण बाँकी खेलका इभेन्टहरु हुन नसकेको आयोजक जिल्ला खेलकुद विकास समिति लमजुङले बताएको छ । समितिका अनुसार वर्षाले खेल प्रभावित नपारेमा बुधबार बिहानैदेखि प्रतियोगिता सञ्चालन गर्ने कार्यक्रम छ ।
Related News
सम्बन्धित समाचार
टाइगर कपको अन्तिम तयारी
एउटै क्लबका २ टिम फाइनल पुगेपछि समझदारीमा विजेता घोषणा
माछापुच्छ्रेमा वडास्तरीय भलिबल
सहारालाई गिनिजको सहयोग
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
माघ ७, २०८१