पोखरा, २३ असार । पोखरा रोयल सहाकारी संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा दुई विद्यालयलाई खाजा खर्च प्रदान गरेको छ ।
पोखरा महानगरपालिका वडा नं.१०स्थित कुँडहर आधारभूत प्रा.वि., र कालिका मा.वि.मा अध्ययनरत बालबालिकाको लागि सञ्चालित खाजा अभियान कार्यक्रमको लागि प्रति विद्यालय २५ हजार रुपैयाँका दरमा दुई विद्यालयलाई ५० हजार सहयोग गरेको छ । संस्थाका अध्यक्ष तुलसीप्रसाद गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा कुँडहर आरधारभूत प्रा.वि.मा अध्यक्ष रुद्रकुमारी गुरुङ्ग र कालिका मा.वि.मा प्रधानाध्यापक बलराम गिरीलाई संस्थाको तर्फबाट सहयोग रकम हस्तान्तरण गरेको संस्थाका सचिव एवं नेपाल बचत तथा ऋण केन्दी्य सहकारी संघ लि.का सञ्चालक भीम गुरुङ्गले बताए ।
संस्थाले स्थापनाकालदेखि नै वित्तीय गतिविधिसंगै सामाजिक कृयाकलापमा महिला लक्षित प्रौढ साक्षरता, युवा लक्षित वित्तीय साक्षरता, विशेष ध्यान दिदै आईरहेको गुरुङ्गले बताए । प्रधान कार्याल बुद्धचोक लगायत २ वटा सेवा केन्द्रको ५ हजार ५०० सदस्यहरु बीच वित्तीय कार्य गरिरहेको सहकारीले ग्रामीण क्षेत्रमा सहकारी लघुवित्त समेत सञ्चालन गरिरहेको छ । उक्त सहकारीले १ अर्ब ६५ करोडको कारोबार गरिरहेको छ ।
कार्यक्रममा कुँडहर विद्यालयको तर्फबाट समितिका अध्यक्ष रुद्रकुमारी गुरुङ्ग र कालिका मा.वि.का तर्फबाट प्रधानाध्यापक बलराम गिरीले सहकारीको सहयोग प्रति धन्यवाद ज्ञापन गर्दै यस्तो कार्यबाट सामुदायिक विद्यालयले सञ्चालन गरेको खाजा अभियान मार्फत विधार्थीको आकर्षण बढ्दै गएको र विधालयले समेत यसलाई व्यवस्थित गर्दै लगेको बताए ।
Related News
सम्बन्धित समाचार
अध्यादेशको विरोधमा कास्कीका ३५ शिक्षकले दिए सामूहिक राजीनामा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
माछापुच्छ्रे क्याम्पस पुनःजीवनको प्रयास
राहत शिक्षक अन्नपूर्णमा शिवप्रसाद
हिमालय माविका भूपू विद्यार्थी एकजुट
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
माघ ७, २०८१