सावित्रा भण्डारी ‘पल्सर स्पोट्र्स अवार्ड’को वर्ष खेलाडी घोषित

आदर्श समाज सम्वाददाता
असार २३, २०७६
Sabitri Vandari 1

लमजुङ, २३ असार । लमजुङे चेली सावित्रा भण्डारी वर्ष उत्कृष्ट महिला खेलाडी हुन सफल भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोट्र्स अवार्डको वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड भण्डारीले जितेकी हुन् ।

लमजुङे चेली सावित्रा भण्डारीले भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, तेक्वान्दोकी नीमा गुरुङ, जुडोकी मनिता श्रेष्ठ प्रधानलाई पछि पार्दै वर्ष उत्कृष्ट महिला खेलाडी हुन सफल भएकी हुन् । लमजुङको मस्र्याङदी गाँउपालिका– ९ पामचोकमा जन्मिएर लमजुङमै हुर्किएकी भण्डारीले आफ्नै छिमेकमा रहेको अमर माविबाट एसएलसी उतीर्ण गरेपछि मात्र राजधानीमा पाइला टेकेकी हुन् । उनी हाल शशस्त्र प्रहरीमा आवद्ध छिन् ।

भारतमा भएको अन्तर्राष्ट्रिय हिरो गोल्डकपमा नेपाललाई उपविजेता बनाउन महत्वपूर्ण योगदान गर्नुका साथै घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन र महिला फुटबल लिग २०७५ को सर्वोेत्कृष्ट र सर्वाधिक गोल गर्ने खेलाडी पनि वन्न भण्डारी सफल भएकी छन् ।

प्रधान सेनापति कप फुटबलमा उत्कृष्ट स्ट्राइकर र सर्वाधिक गोलकर्ताकाको उपाधी समेत प्राप्त गरेकी भण्डारीले नेपाल महिला साफ च्याम्पियनसीपमा उपविजेता हुँदा सर्वाधिक गोल गरेकी छन् । उनले नेपाललाई पहिलो पटक ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गराउन मुख्य भूमिका निर्वाह गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै