प्रहरीको सर्वाधिक खोजीको सूची (मोष्ट वान्टेड) मा रहेका कपिलवस्तुको मायादेवी गाउँपालिकाको पिपराका नसिम खान (बादशाह) शनिवार काठमाडौंबाट पक्राउ परेका छन्। उनी प्रदेश ५ का सांसद फौजिया खानका श्रीमान् हुन्।
चन्दा, आतंक, हतियार बेचविखन, अपहरण तथा कन्ट्याक किलर हत्या गर्नेसम्म काम गरेकाले मोष्ट वान्टेड सूचीमा रहेका उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको हो।
विशेष सूचनाका आधारमा राजधानीबाट पक्राउ गरिएको सिआइबीका प्रवक्ता एसपी दिपक रेग्मीले जानकारी दिए। अभियुक्तका सबै अपराधको विवरण कपिलवस्तु प्रहरीमा छ। उनलाई विगतको माओवादी द्वन्दमा प्रतिकार समूहका नाममा तत्कालीन मोओवादीका जिल्ला स्तरीय नेताहरु राजेन्द्र तिवारी, प्रेम परियार, अकाली धोवी, ज्ञानबहादुर सुनार, शिवपूजन कुर्मीलगायतको हत्या अभियोग पनि लागेको छ।
केही वर्षदेखि फरार अभियुक्त खानले भारतीय भूमीमा बसेर नेपालका लागि अपराधको योजना बनाउँदै आएको बताइन्छ। नसिमलाई कपिलवस्तुमा नसिम वादशाह भनेर पनि चिनिन्छ। कपिलवस्तु प्रहरीले मोष्ट वाण्टेड सूचीमा राखेका नसिम केहि दिन देखि काठमाडौंमा बस्दै आएको बुझिएको छ। विगतमा विभिन्न शसस्त्र समूहमा रहेर घटना घटाएका खान तराईका शसस्त्र समूहसँग राज्यले गरेको वार्ताका पहलमा हतियार बुझाएर सार्वजनिक भएका थिए। तर उनी माथि विभिन्न जघन्य अपराधका मुद्धा दर्ता भएको र ती मुद्धाको सिलसिलामा प्रहरीले पुन पक्राउ गर्ने संकेत पाएपछि उनी ३ वर्ष अघि एक सार्वजनिक कार्यक्रममा प्रहरी उपरीक्षक र सिडियोको सामुन्नेबाट पुन फरार भएका थिए। एक वर्ष अघि मायादेवी ४ का वडाध्यक्ष, फत्ते मोहमद्का ७ वर्षीय छोरा आयान खानको हत्या गरेकोसमेत अभियोग उनीमा लागेको छ।
यता उनकी श्रीमती फौजिया नसिम खान तत्कालिन नेकपा एमालेबाट प्रदेश सभा ५ मा समानुपातिक सांसद बनेपछि उनी सरकारसँग विभिन्न पहल अघि बढाउदै शान्तिपूर्ण राजनीतिमा आउने निरन्तर प्रयास जारी राखेका थिए। तर नेकपाको सरकारले उनीसहित अहिले पनि फरार रहेर भारतमै बस्दै आएका प्रितम पाण्डेलगायतलाई तत्काल कुनै ग्रिन सिंग्नल दिएको थिएन। विभिन्न माध्यमबाट शान्ति प्रक्रियामा आउने पहलकै लागि राजनधानीमा पुगेको बेला एक होटलबाट नसिम पक्राउ परेको उनको पारिवारिक स्रोतको भनाइ छ। प्रहरीले यसको औपचारिक पुष्टि भने गरेको छैन।
राजनीतिक पहुँच बढाउँदै अपराध
खानलाई द्वन्द्वकालमा माओवादी कार्यकर्ता हत्या सहित अन्य दर्जनौ आरोप रहेको कपिलवस्तु प्रहरीले जनाएको छ। यसैगरी एक वर्ष अघि मायादेवि ४ का वडाध्यक्ष, फत्ते मोहमदका ७ वर्षीय छोरा आयान खानको हत्या गरेकोसमेत अभियोग लागेको छ। २०७४ फागुन ३ मा आयानको अपहरणपछि हत्या गरी फरार रहेका थिए। द्वन्द्वकालमा घटना अस्वीकार नगरे पनि पछिल्लो ७ वर्षीय बालकको हत्या अभियोग राजनीतिक प्रतिशोधले लगाइएको उनले भारतमै नेपालका पत्रकारहरुसँगको भेटघाटमा दावी गरेका थिए। अभियुक्त खानले केही समय अघि कपिलवस्तुका एक स्थानीय पत्रकारलाई समाचार लेखेको विषयमा ज्यान मार्ने धम्की पनि दिएका थिए।
श्रीमती प्रदेश सांसद खानका दुई वटा नागरिकताका विषयमा समाचार आएपछि उनले स्थानीय पत्रकार राघबेन्द्र चौबलाई मार्ने धम्की दिएका थिए। पत्रकार चौबले २०७३ साउन २१ गते प्रदेशसभा सदस्य खानसँग भारतीय नागरिकता रहेको समाचार प्रमाणसहित प्रकाशित गरेका थिए। मायादेवी गाँउपालिका वडा नं ६ डुमरा बस्ने पत्रकार चौबेले जिल्ला प्रशासन कार्यलयसँग सुरक्षा व्यवस्थाको माग गरेका थिए। त्यसपछि उनलाई प्रहरीले केही समय सुरक्षाको व्यवस्था समेत गरेको थियो।
अपराधमा संलग्न व्यक्तिहरुको राजनीतिक पहुँच हिजोआज समान्य जस्तै बनेको छ। यहीमध्येका एक हुन् खान। जसले दर्जनौं अपराधका बीचमा पनि श्रीमतीलाई प्रदेश सांसद बनाई छाडे। केहि समय त आफू पनि नेताहरुको अघिपछि हिँड्ने गरेका थिए।
तर जब बालकको हत्याको आरोप लाग्यो त्यसपछि भने उनी भूमिगत भएका हुन्। द्वन्द्वकालको आरोप उनीमाथी रहेपनि तत्कालिन माओवादी कै नेताहरुले पनि उनलाई अघि पछि लिएर हिँड्न थालेका थिए। त्यसले पनि उनकी श्रीमतीले पटक पटक राजनीतिक अवसर पाएकी छन्। दुई वटा नागरिकताको विवाद कायमै रहेपनि उनले स्थानीय निर्वाचनमा पनि टिकट हात पारेकी थिइन् भने प्रदेशसभामा त समानुपातिकमा सफल नै भइन्।
Related News
सम्बन्धित समाचार
सर्वोच्चले भन्यो–जोशीलाई हिरासतमुक्त गर्न सकिने
बाढीपहिरामा परी २२८ जनाको मृत्यु
दाउन्ने सडक डेढ फिट भासियो
२०९ को मृत्यु, २९ अझै बेपत्ता
अख्तियार पोखराबाट ९१ प्रतिशत उजुरी फछ्र्यौट
hero news full width
मुख्य समाचार
विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, नवदुर्गाले खिच्यो ध्यान
गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो
असाेज १७, २०८१स्वास्थ्य मन्त्रालय परिसरमै लामखुट्टेको बासस्थान !
असाेज १६, २०८१विन्ध्यवासिनी बसपार्कमा यात्रु सहायता कक्ष
असाेज १६, २०८१ढोरपाटनका मेयर कारागार चलान
असाेज १५, २०८१ज्येष्ठ नागरिकलाई महानगरको सम्मान
असाेज १५, २०८१