गुञ्जिए तारादेवी र अरुणाका गीतहरु

Suraj Hazare Dahal
असार २१, २०७६
song 3

पोखरेली गायिकाहरुको संस्था ‘हार्मोनी द मोर्डन सङ्गस्ट्रेसेस् अफ पोखरा’ मार्फत स्वर्गिय गायिकाद्वय तारादेवी र अरुणा लामाका गीत गुञ्जिएका छन् । पोखरा सभागृहको हलमा करिब ३ घण्टासम्म जारी कार्यक्रमा एक दर्जन बढी गायिकाहरुले गायिकाद्वयका कालजायी गीतहरु गाएका थिए । कार्यक्रममा पुरुषहरु गायकहरुले पनि गायिकाहरुलाई साथ दिएका थिए । रानी ऐश्वर्य उर्फ चाँदनी शाहद्वारा रचना गरिएको ‘शुभकामना भरि गीतको हरफबाट गायिकाहरु कार्यक्रमको शुभारम्भ गरेका गरेका थिए । सांगीतिक कार्यक्रममा दार्जिलिङकी गायिका दावा ग्याल्मो, नृत्यांगना एवं गायक कर्ण दासकी आमा रत्न दास र चर्चित गित ‘तिम्रो फिगर कोकाकोला’ की गायिका जोनिशा पौडेललाई एकै साथ सम्मान गरिएको थियो ।

गायिकाहरुको संस्थाले टेष्ट हफ हामोर्नी श्रृंखला ३ मार्फत स्वर्गिय गायिकाहरुलाई ट्रिब्यूट गरेको हो । तारादेवीद्वारा गाइएका चर्चित ‘उकाली ओरालीहरुमा’, ‘तिमीलाई हाँसेर बिदा’, ‘सोचे जस्तो हुन्न जीवन’ लगायतका चर्चित गितहरु प्रस्तुत गरिएको थियो । यस्तै अरुणा लामाको ‘पोहोर साल खुशी फाट्दा’, ‘विरहले रोएका रातमा’ लगायतका गितहरुलाई एक दर्जन बढी गायिकाहरुले प्रस्तुत गरेका थिए । चलचित्र निर्देशक तथा लेखक प्रकाश सायमीले दक्षिणा एसियामा महिला गायिकाहरु संस्था दुईवटा मात्र रहेको र नेपाल पनि त्यसको हिस्सा भएकोले गौरान्वित भएको बताएका थिए । लोप हुँदै गइरहेको सुगम संगीतहरुलाई श्रवण गर्न युवादेखि समकालिन दर्शकहरु आएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width