पोखरा, १८ असार । रोटरी क्लव अफ पोखरा न्यूरोडको १० औँ स्थापना दिवस सम्पन्न भएको छ । उक्त कार्यक्रममा सन् २०१९–२० का लागि दिनेश बास्तोलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।
सन् २०१० डिसेम्बर २४ तारिखका दिनबाट शुरु भएको रोटरी क्लव अफ पोखरा न्यूरोडले आफ्नो ६ वटा प्रमुख क्षेत्रहरुमा केन्द्रित रहेर सामाजिक सेवा प्रदान गर्दै आएको कुरा संस्थापक अध्यक्ष रोटरीयन रबि प्रसाद बरालले बताए ।
रोटरी क्लब अफ पोखरा न्यूरोडले स्थापनाकाल देखि नै बाबा फाउण्डेसन नेपालसँगको सहकार्यमा बालबालिका र वातावरणको क्षेत्रमा उल्लेखनीय कार्यहरु गर्दै आइरहेकाले उक्त संस्थालाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा डिस्ट्रिक गभर्नर इलेक्ट राजीव पोख्रेलले यस संस्थाले सम्पन्न गरेका कार्यक्रमहरु प्रति खुशी व्यक्त गर्नुका साथै कार्यक्रमहरु रणनीतिक रुपमा विकास गर्दै लैजानका लागि शुभकामना दिए ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष पुष्पकमल पौडेलले आफ्नो कार्यकालमा गरेका सामाजिक कार्यहरु प्रस्तुत गर्नुका साथै संस्थाका सदस्यहरुलाई सम्मान गरे ।
अध्यक्ष दिनेश वास्तोलाले आगामी दिनहरुमा संस्थाले पोखरा तथा वरीपरिका क्षेत्रहरुमा शिक्षा, स्वास्थ्य, सरसफाई, वातावरण, सामुदायिक विकास इत्यादि क्षेत्रहरुमा गर्ने योजनाहरु प्रस्तुत गरे ।
Related News
सम्बन्धित समाचार
लायन्स सदस्यलाई मनिपालमा छुट
जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता
३२ युनिट रगत संकलन
लायन्स पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा
लायन्स आदर्श चौतारीमा सूर्य पोख्रेल
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१