घरधनीबाट किशोरीको शारीरिक शोषण

रासस
असार १७, २०७६
1156-Stop abusing

भद्रपुर, १७ असार । झापाको मेचीनगर नगरपालिका–९ मा अभिभावकसँगै भाडामा बस्दै आएकी १७ वर्षीया दलित किशोरीले आफूलाई घरधनीले त्रासमा पारी एक वर्षदेखि शारीरिक शोषण गर्दै आएको भनी कानूनी कारवाहीका लागि प्रहरीमा उजुरी दिएकी छन् ।

पीडित किशोरीको परिवार खड्का थरका स्थानीयवासीको पुरानो घरमा भाडामा बस्दै आएको थियो । घरधनी खड्काले नै शारीरिक शोषण गरेको भनी दोषी किटान गरेर धुलाबारी इलाका प्रहरी कार्यालयमा गत असार २ गते पीडितले उजुरी दिएको उक्त कार्यालयका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए ।

अभियुक्त खड्काले असार २ गते साँझ पछिल्लो पटक बलात्कार गरेपछि मेचीनगर–१० स्थित आम्दा अस्पताल नजिकै ती किशोरीलाई सडकमा अलपत्र छाडेका थिए । स्थानीयवासीले पीडित किशोरीलाई रुँदै सडकमा बसिरहेको अवस्थामा फेला पारेर प्रहरीलाई बुझाएका थिए । अभियुक्त फरार भएकाले खोजतलास तीव्र पारिएको प्रहरी निरीक्षक ठाकुरले बताए । पीडित किशोरीले आफूलाई पटकपटक शारीरिक शोषण गरेपछि खड्काले कतै सुनाएमा मारिदिने धम्की दिँदै आएको बताएकी छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width