नेपाल ट्रेड युनियन काँग्र्रेस कास्कीको आयोजना तथा नेपाल कारखाना श्रमिक संघ कास्कीको समन्वयमा श्रम ऐन तथा योगदानमा आधारित सामाजिक सुरक्षासम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ।
प्रमुख अतिथि नेपाल ट्रेड युनियन काँग्रेस केन्द्रिय सल्लाहकार रामजी कुँवरले ब्यानरमा हस्ताक्षर गरी उद्घाटन गरेको कार्यक्रममा ललित श्रेष्ठ, ईश्वर परियार र अमृतलाल जोशीले श्रम ऐन तथा सामाजिक सुरक्षासम्बन्धी प्रशिक्षण दिएका थिए।
कार्यक्रममा युनियन केन्द्रिय उपाध्यक्ष ललित श्रेष्ठ, उपमहासचिव ईश्वर परियार, गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्मा, युनियन राष्ट्रिय समिति सदस्य जितबहादुर गुरुङ, नेपाल कारखाना श्रमिक संघका केन्द्रिय अध्यक्ष अमृतलाल जोशी, उपमहासचिव केशवराज भट्टराई, प्रदेश अध्यक्ष अनिल बास्ताकोटीले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए। युनियन कास्की अध्यक्ष विजयराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कारखाना श्रमिक संघ गण्डकी प्रदेशका सचिव सुरेन्द्रले स्वागत र सचिव रुद्र तिमिल्सिनाले संचालन गरेका थिए। प्रशिक्षणमा पोखराका विभिन्न उद्योगमा काम गर्ने ४० जना महिला तथा पुरुषको सहभागिता थियो।
Related News
सम्बन्धित समाचार
पाल्पाली समाज पोखराको शुभकामना आदानप्रदान
पाहार ट्रष्ट नेपालको १२ औं वार्षिक साधारणसभा
क्षतिग्रस्त पुल र सडक निर्माणमा २५ अर्ब लाग्ने
सर्वोच्चले भन्यो–जोशीलाई हिरासतमुक्त गर्न सकिने
बाढीपहिरामा परी २२८ जनाको मृत्यु
hero news full width
मुख्य समाचार
पोखरा महानगरद्वारा खाद्य पसलमा अनुगमन
मनाङमा पर्यटक चहलपहल बढ्यो
असाेज १८, २०८१जिप दुर्घटनामा ७ जना घाइते
असाेज १८, २०८१बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको ५० लाख
असाेज १७, २०८१विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, नवदुर्गाले खिच्यो ध्यान
असाेज १७, २०८१गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो
असाेज १७, २०८१