टीभीएस अपाचे बाइक र्याली

आदर्श समाज सम्वाददाता
असार ३, २०७६
tvs_Fotor

पोखरादेखि मट्टीखानसम्म टीभीएस ब्राण्डको अपाचे मोटरसाइकल र्याली गरिएको छ।

टीभीएको नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालि काठमाडौ र गण्डकी धौलागिरीको आधिकारिक बिक्रेता बतास ब्रदर्श प्रालिको संयुक्त आयोजनामा ‘अपाचे ओनर गु्रप, राइड फर प्राईड’ नाम दिइएको सो बाईक र्यालीमा ३५ जनाले सहभागिता जनाएका थिए।

अपाचे सिरिजका आरटीआर १६० फोर भि, आरटिआर २२० भि टु तथा आरटिआर ३१० मोडलको बाईक र्याली तथा बाईक बोकेर दौडने प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको बतास ब्रदर्शका बिक्री प्रबन्धक सन्तोष पोखरेलले जानकारी दिए।

सो क्षेत्रमा दुईपाङ्ग्रे सवारीसाधनमा टीभीएस ब्राण्ड लोकप्रिय भएको बताउँदै बतास ब्रदर्शका सिइओ राजेश रानाभाटले ब्राण्डको थप प्रवद्र्धनका साथसाथै यसको प्रयोगकर्तालाई मनोरञ्जन प्रदान गर्नको लागि कार्यक्रम आयोजना गरिएको बताए।

Related News

सम्बन्धित समाचार

hero news full width