नागडाँडामा श्रवणकुमार शालिक

आदर्श समाज सम्वाददाता
असार २, २०७६
Min Grg_Fotor

पुतलीबजार नगरपालिका–४ स्थित नागडाँडा चोकमा अन्धाअन्धी श्रवणकुमार शालिकस्थलको आइतवार शिलान्यास गरिएको छ।

गण्डकी प्रदेश सदस्य मीनप्रसाद गुरुङले शिलान्यास गर्दै गण्डकी प्रदेश पर्यटकीय हव भएको र स्याङ्जाका १ सय १० वटा पर्यटकीय गन्तब्य मध्ये अन्धाअन्धी दहलाई पहिलो प्राथमिकतामा राखेको बताए।

आँधीखोला र श्रवणकुमार स्याङ्जाको पहिचान भएको बताउँदै धार्मिक पर्यटनलाई मुक्तिनाथसम्म जोड्ने प्रतिवद्धता जनाए।

सिद्धार्थ राजमार्गहुँदै लुम्बिनी र मुक्तिनाथ जाने हजारौं भारतीय पर्यटक मध्ये केहीलाई पाँच/दश प्रतिशतलाई मात्र श्रवणकुमार समाधीस्थलसम्म लान सकेमात्र पनि धेरै उपलब्धि हासिल हुने उनको भनाइ छ।

आँधीखोला गाउँपालिकाको प्रवेशद्वार पुतलीबजार–४, नागडाडाँमा पुतलीबजारसँगको सहकार्यमा शालिक राखिने भएको हो।

श्रवणकुमारले आफ्ना दुवै आँखा नदेख्ने आमाबुबालाई बोकेर हिडेको प्रतिकात्मक शालिक राखिने छ।

मुक्तिनाथ दर्शनका लागि दुवै बाबुआमालाई खर्पनमा बोकेर हिडेका बेला तिर्खा लागेपछि श्रवणकुमारले आफ्ना दृष्टिविहीन बाबुआमालाई चिलाउनेबासस्थित अन्धाअन्धी क्षेत्रमा राखेर वाङसिङ्को ध्याङ्साङ्दीको मुहानमा पानी लिन जाँदा दशरथको बाण लागेर मृत्यु भएको हो। सोही मुहान आँधीखोलाको उद्गमस्थल हो।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख सीता सुन्दास, पुतलीबजार नगरप्रमुख सीमा क्षेत्री, अाँधीखोला गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेल, नेकपाका प्रतिनिधि शोभाखर ढकाल, काँग्रेस आँधीखोला गाउँपालिका प्रतिनिधि थमन बोगटी, पर्यटन विकास समितिका पूर्व उपाध्यक्ष अनन्तकुमार श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा लगायतले आँधीखोला गाउँपालिकासहित समग्र स्याङ्जाको विकासका लागि सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए। पुतलीबजार–४ का अध्यक्ष ओमबहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आँधीखोला गाउँपालिका–५ का अध्यक्ष कृष्णप्रसाद पनेरुले स्वागत र स्थानीयवासी ख्याम पौडेलले संचालन गरेका थिए।

नागडाँडाचोकमा झण्डै १० फिट उचाइ र दायाँबायाँ गरी ८ फिट चौडाइमा फेलने गरी श्रवणकुमारले खर्पनमा आफ्ना दृष्टिविहीन आमाबुवा बोकेर हिडेको प्रतिकात्मक शालिक निर्माण गरिने भएको हो। भारतमा निर्मित सो शालिक कपर फाइवरबाट बनेको छ। करिब १५ लाखको लागतमा शालिक स्थापना गर्ने गरी निर्माण कार्य गरिने बताइएको छ।

Related News

सम्बन्धित समाचार

  • सर्वोच्चले भन्यो–जोशीलाई हिरासतमुक्त गर्न सकिने

    आदर्श समाज सम्वाददाता असाेज १७, २०८१
    पोखरा । सूर्यदर्शन बचत तथा सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई धरौटी वा जमानतमा…
  • बाढीपहिरामा परी २२८ जनाको मृत्यु

    आदर्श समाज सम्वाददाता असाेज १६, २०८१
    काठमाडौं । हालैको बाढीपहिरामा परी २ सय २८ जनाको मृत्यु भएको छ । २५ जना बेपत्ता छन् । अन्य एक…
  • दाउन्ने सडक डेढ फिट भासियो

    आदर्श समाज सम्वाददाता असाेज १६, २०८१
    नवलपरासी । पूर्व पश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डको दाउन्नेमा सडक भासिएपछि सडक अवरुद्ध हुन पुगेको छ । जिल्ला प्रहरी…
  • २०९ को मृत्यु, २९ अझै बेपत्ता

    आदर्श समाज सम्वाददाता असाेज १४, २०८१
    पोखरा । मुलुकभर ३ दिनयता परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २ सय ९…
  • अख्तियार पोखराबाट ९१ प्रतिशत उजुरी फछ्र्यौट

    आदर्श समाज सम्वाददाता असाेज १४, २०८१
    पोखरा, १४ असोज । अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराले गत वर्ष झण्डै शत्प्रतिशत उजुरी फछ्र्यौट गरेको छ । गत आव…

hero news full width