स्याङ्जा, १ असार । दुवै मिगौलाले काम नगरेपछि उपचार गराइरहेका वालिङ नगरपालिका–९ निवासी खुमबहादुर गुरुङलाई शनिबार सहयोग रकम हस्तान्तरण गरिएको छ ।
वालिङ बहुमुखी क्याम्पसका प्राध्यापक समेत रहेका गुरुङको उपचारमा सहयोग पु¥याउने उद्देश्यले वालिङ बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख रीना रानाको संयोजकत्वमा सहयोग रकम सङ्कलन गरिएको हो । समिति निर्माण गरेर क्याम्पसले चलाएको अभियानमा सङ्कलित रकम रु २४ लाख ७४ हजार ९२७ प्राध्यापक खुमबहादुर गुरुङलाई हस्तान्तरण गरिएको हो । सङ्कलित रकम रीना राना र टिकराज गुरुङले हस्तान्तरण गरेका थिए ।
सहयोग हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य एवं क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोहनप्रसाद रेग्मीले गुरुङको उपचारका लागि सहयोग गर्नुहुने प्राध्यापक, विद्यार्थी, समाजसेवी सबैलाई धन्यवाद दिँदै क्याम्पसको तर्फबाट पनि समितिको बैठक बसेर सहयोग गर्ने बताउँदै गुरुङको स्वास्थ्यलाभको कामनासमेत गरे ।
गुरुङ थप उपचारका लागि भारत जाने तयारीमा रहेका बेला सहयोग रकम हस्तान्तरण गरिएको हो । उनको उपचारका लागि सहयोग रकम सङ्कलनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै सञ्चारकर्मी टिकराज गुरुङलाई क्याम्पसले सम्मान गरेको छ । मिर्गौलापीडित प्राध्यापक खुमबहादुर गुरुङको उपचारको सहयोगका लागि टिकराज गुरुङले देशविदेशमा रहनुहुनेहरुबाट रु १३ लाख ५३ हजार ६०८ सङ्कलन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
विश्वासको मतअघि अधिकारी सरकारले वितरण गर्यो ५० लाख आर्थिक सहायता
hero news full width
मुख्य समाचार
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१