ट्याङ्कीमा डुबेर बालकको मृत्यु

आदर्श समाज सम्वाददाता
जेठ ३०, २०७६
ttt

पोखरा, ३० जेठ । पोखरा–७ मासबारमा बुधवार साँझ पानीको ट्याङ्कीमा डुबेर चार बर्षीय वालकको मृत्यु भएको छ ।

स्याङ्जा जिल्ला घर भई हाल पोखरा–७ मासबारस्थित मामा राजेन्द्र पौडेलको घरमा बस्दै आएका चार वर्षीय बालक श्रीकृष्ण कोइरालाको मृत्यु भएको हो । बुधवार साँझ ७ः३० बजे मामाघर नजिकैको निर्माणाधीन घरको पानी ट्याङ्कीमा खसेर डुबेका थिए।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश सुवेदीका अनुसार साथीसँग खेल्ले क्रममा घरको भ¥याङमुनि रहेको ट्ङ्कीमा खसेका उनलाई उपचारका लागि सृजनाचोक स्थित मेट्रोसिटी अस्पताल लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाको बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width